बागेश्वरी एकेडेमीले मनायाे बाल दिवस-अनाथ बालबालिकालाई आवश्यक सामाग्री

बागेश्वरी एकेडेमीले मनायाे बाल दिवस- अनाथ बालबालिकालाई विभिन्न सामाग्री
काेहलपुर,बाँके ।काेहलपुरमा रहेकाे बागेश्वरी एकेडेमी चटारले ६० औँ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ।


बाल दिवसकाे अबसर पारेर बावु आमा नभएका अति विपन्न बालबालिकालाई अति आवश्यक खाधान्न वितरण गरेकाे विद्यालयका प्रिन्सिपल श्रीधर शर्माले जानकारी दिए।


साे अवसरमा विद्यार्थीले तयार पारेकाे भित्तेपात्राे विमाेचन,बाल नाटक, चेतनामूलक र्याली तथा विद्यार्थीहरुले नृत्य तगाएतका कार्यक्रमहरु प्रस्तुत गरेका थिए।


‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ शनिबार राष्ट्रिय बाल दिवस मनाइएको हो। २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गतेका दिन मनाउन थालिएको हो।

सम्बन्धित समाचार