काेहलपुर ,५ साउन । लाइन्स क्लव अफ काेहलपुर सयपत्रीद्वारा ज्येष्ठ नागरिकलाई खीर खुवाउने कार्यक्रम सम्पन्न गरेकाे छ।
क्लवकाे सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काेहलपुरका ज्येष्ठ नागरिकलाई खिर खुवाउने कार्यक्रम संचालन गरेकाे क्लवका अध्यक्ष सुवर्णा खनालले बताउनुभयाे ।
काेहलपुर ११ मा रहेकाे प्रबुद्ध ज्येष्ठ नागरिक भवनमा भएकाे साे कार्यक्रममा करिव ८० जना जेष्ठ नागरिकलाई खिर खुवाइएकाे क्लवका काेषाध्यक्ष अनिता पाैडेलले जानकारी दिनुभयाे।
कार्यक्रममा लाइन्स क्लव 325 N का एक्जुकेटिभ चिप चिन्तामणि धिताल, जाेन चियर पर्सनशान्ति गैरे, नि वर्तमान जाेन चियर पर्सन सरस्वती शर्मा,लाइन्स क्लव अफ काेहलपुर,कस्तुरीका अध्यक्ष बिनाेद भट्टराई ,प्रवुद्ध ज्येष्ठ नागरिक मन्च काेहलपुरका अध्यक्ष डम्वर कुमारी घिमिरे , मंचका आजिवन सदस्य हरी पाैडेल लगाएतकाे उपस्थिति रहेकाे थियाे।