वडाबासीकाे सुखदुःखमा वडाअध्यक्ष कल्पना शर्मा

 

अनिता अधिकारी
काेहलपुर, विकासका लागि जनसहभागितामा आधारित योजना, दृढ इच्छा शक्ति र निस्वार्थ भावनाले जनताको सेवामा तल्लीन भएकै कारण काेहलपुर नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष कल्पना शर्मा  जनताका माझ लोकप्रिय हुदै गएकी छन ।

लाेकनगरमा पानिकाे निकासका लागि डाेजर सहित वडाध्यक्ष शर्मा

हक्की स्वभावकी शर्मा शनिवार दिउसो काेहलपुर ११ लाेकनगरमा अविरल वर्षाका कारण घरहरु डुवानमा पर्न थालेपछि पानिकाे निकासकाका लागि डाेजर सहित पुगिन र समस्या समाधान गरिन । वडाकाे काममा रातदिन नभनी खट्ने वडाध्यक्ष शर्मा जनताका हरेक सुखदुःखमा स्वयं आफै अग्रसर भएर हिड्ने गरेकी छन् ।


आर्थिक मन्दिका कारण विकास बजेटका व्यापक कटाैति भइरहेकाे अहिलेकाे अवस्थामा पनि तिनै तहका सरकारसंग समन्वय गरेर वडामा थुप्रै विकासका कामहरु भैइरहेकाे वडाध्यक्ष शर्मा बताउछिन। शिव मन्दिर देखि पेन्सिन क्याम्प हुदै नगर विकासकाे सिमाना सम्म जाेड्ने नाला सहितकाे कालाेपत्रे बाटाे, लाेकनगरमा शिव फर्निचर देखि मन्दिरसम्म कालाेपत्रे, लाहुरेटाेलमा नाला सहित आरसिसि ढलान लगाएत थुप्रै विकासका कामहरु आफ्नाे वडामा भएकाे अध्यक्ष अधिकारीकाे बताउछिन् ।
अधिकांश वडाबासीहरुले वडानम्बर ११ मा भरपर्दो, विश्वासिलो र विकास प्रेमी वडाअध्यक्ष पाएकोमा गर्व गर्छन् । वडाअध्यक्ष अधिकारीले विकास निर्माणको सवालमा सत्तापक्ष, प्रतिपक्ष जोसुकै होस् सबैसँग सहकार्य र सहभागिता जुटाएर गर्ने गरेको बताइन्छ ।

नालि निर्माणकाे क्रममा गुणस्तर अनुगमनमा वडा अध्यक्ष कल्पना शर्मा

संघीय, प्रदेश र स्वयं काेहलपुर नगरपालिकाको स्रोतले आफ्नो वडाको विकासका लागि पहल गर्ने परिपाटीको विकासमा आफूले कुनै कसर नराखी जनताको विकासको चाहनालाई मध्यनजर गरेर काम गर्ने वडाअध्यक्ष अधिकारी बताउँछिन।

नेकपा एमालेबाट लोकप्रिय मत पाएर वडाअध्यक्षमा विजयी शर्मा अधिकारीले भनिन, ‘विकास निर्माणका हरेक कार्यमा प्रतिपक्षी दलका साथीहरु र वुद्धिजीवीहरुको राय लिएरनै गर्ने गरेको छु ।’ वडाअध्यक्ष अधिकारी जस्तै जनताको असल सेवक बन्नेतर्फ सबै जनप्रतिनीधिहरु लाग्ने हो भने स्थानीयदेखि सबै तहमा विकास र सुशासनमा व्यापक सुधार र प्रगति आउन सक्ने जनताको विश्वास रहेको छ ।

सम्बन्धित समाचार