काेहलपुर,बाँके एसईईकाे नतिजा सार्वजनिक भएसँगै विद्यार्थीको अब अर्को शैक्षिक यात्राको चरण सुरु भएको छ । माध्यमिक शिक्षा नै भनिए पनि कक्षा ११ काे भर्ना र विषयले हरेक विद्यार्थी शैक्षिक भविष्यलाई कता मोड्ने भन्ने निर्धारण गर्छ । विद्यार्थीको मेहनत र लगनशिलता प्लस टु शिक्षाको समयमा अझ बढी आवश्यक छ । घर बलियो हुन जग बलियो चाहिन्छ भने जस्तै विद्यालय शिक्षाको उपल्लो चरणको प्लस टु शिक्षामा राम्रो अध्ययन गर्ने विद्यार्थीले भविश्यमा उत्कृष्ट परिणाम हासिल गर्दै आफ्नो करिअर निर्माण गर्न सक्छन् । समग्रमा भन्दा उच्च शिक्षा अध्ययनका लागि आधार कक्षा ११ र १२ नै हाे ।
नेपालमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, कानुन, मानविकी, शिक्षा लगायतका करिब २ सय विषयमा अध्यापन हुने गरेको छ ।
एसईई पश्चात कुन शैक्षिक संस्था र कुन विषय रोज्ने भनेर विद्यार्थी र अभिभावकमा द्विविधा र चिन्ता अहिले पनि हुने गरेको छ । एसईई उत्तिर्ण भएर पनि विद्यार्थी यो समयमा झन् बढि पिरोलिएका हुन्छन् । शिक्षा प्रदायक शैक्षिक संस्थामध्ये कुन उत्कृष्ट हो ? कस्तो विषय रोज्ने ? कहाँ पढ्ने ? भन्ने दाेधारमा अभिभावक र विद्यार्थी हुनाले उनीहरुलाई निर्णय लिन गाह्रो बनाइरहेको हुन्छ ।
यसै विषयलाई मध्यनजर गर्दै हामीले बाँकेमा संचालित केही प्लस टु चलेका विद्यालयकाे बारेमा क्रमश सामान्य जानकारी दिने जमर्को गरेका छाै।
जीवन ज्याेति स्कुल,काेहलपुर
काेहलपुरकाे रामनगरमा रहेको जीवन ज्याेति स्कुल गुणस्तरीय शिक्षामा जाेड दिएकाे छ। आवश्यक सम्पूर्ण पूर्वाधारसहित शान्त र शैक्षिक वातावारण रहेको जीवन ज्याेतिले यसै शैक्षिक सत्रदेखि कक्षा ११ संचालन गर्दैछ। विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने मुख्य लक्ष्य राखेकाे याे स्कुलले यस वर्षको एसईई परिक्षामा सत प्रतिशत विद्यार्थी पास गराउन सफल भएकाे छ।
वि.सं. २०७१ सालमा स्थापित जीवन ज्याेति स्कुलले यसै शैक्षिक सत्रदेखि कक्षा ११ तर्फ विज्ञान र व्यवस्थापन तर्फकाे पढाइ सुरु गर्न लागेकाे स्कुलका प्रिन्सिपल जाेमन जेम्सले जानकारी दिए।
बाँके जिल्लाकै उत्कृष्ट अत्याधुनिक साइन्स तथा कम्प्युटर ल्याव,डिजिटल शिक्षण पद्धति ,अनुभवी शिक्षक भएकाे याे स्कुलमा विहान ९ बजेदेखि साझ ४ बजेसम्म कक्षा ११ काे पढाई हुने स्कुलका फिजिक्स शिक्षक चेत प्रसाद चापागाईंले जानकारी दिए।
शिक्षक चापागाईंले भने,- “१२ कक्षा पास गरेपछि माथिल्लो तहमा डाक्टर तथा इन्जिनियर अध्ययनका लागि प्रि ईन्ट्रान्स कक्षाहरु पनि संचालन गर्छाै।”
विज्ञानमा ३ वटा सेक्सन र व्यवस्थापनमा २ सेक्सनमा कक्षा संचालन गर्ने विद्यालयकाे लक्ष्य छ।