एसईई पछि उत्कृष्ट गन्तव्य : गाेरखा युनाईटेड
अनिता अधिकारी
काेहलपुर,बाँके।एसईईकाे नतिजा सार्वजनिक भएसँगै विद्यार्थीको अब अर्को शैक्षिक यात्राको चरण सुरु भएको छ । माध्यमिक शिक्षा नै भनिए पनि कक्षा ११ काे भर्ना र विषयले हरेक विद्यार्थी शैक्षिक भविष्यलाई कता मोड्ने भन्ने निर्धारण गर्छ ।

विद्यार्थीको मेहनत र लगनशिलता प्लस टु शिक्षाको समयमा अझ बढी आवश्यक छ । घर बलियो हुन जग बलियो चाहिन्छ भने जस्तै विद्यालय शिक्षाको उपल्लो चरणको प्लस टु शिक्षामा राम्रो अध्ययन गर्ने विद्यार्थीले भविश्यमा उत्कृष्ट परिणाम हासिल गर्दै आफ्नो करिअर निर्माण गर्न सक्छन् । समग्रमा भन्दा उच्च शिक्षा अध्ययनका लागि आधार कक्षा ११ र १२ नै हाे ।
नेपालमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, कानुन, मानविकी, शिक्षा लगायतका करिब २ सय विषयमा अध्यापन हुने गरेको छ ।

एसईई पश्चात कुन शैक्षिक संस्था र कुन विषय रोज्ने भनेर विद्यार्थी र अभिभावकमा द्विविधा र चिन्ता अहिले पनि हुने गरेको छ । एसईई उत्तिर्ण भएर पनि विद्यार्थी यो समयमा झन् बढि पिरोलिएका हुन्छन् । शिक्षा प्रदायक शैक्षिक संस्थामध्ये कुन उत्कृष्ट हो ? कस्तो विषय रोज्ने ? कहाँ पढ्ने ? भन्ने दाेधारमा अभिभावक र विद्यार्थी हुनाले उनीहरुलाई निर्णय लिन गाह्रो बनाइरहेको हुन्छ ।
यसै विषयलाई मध्यनजर गर्दै हामीले बाँकेमा संचालित केही प्लस टु चलेका विद्यालयकाे बारेमा क्रमश सामान्य जानकारी दिने प्रयास गरेका छाै।
(१) गाेरखा युनाइटेड पब्लिक स्कुल,काेहलपुर
परिणाममुखी र व्यवहारिक शिक्षा दिने पृथक स्कुल हो काेहलपुरमा रहेको गाेरखा युनाइटेड पब्लिक स्कुल । आवश्यक सम्पूर्ण पूर्वाधारसहित शान्त र शैक्षिक वातावारण रहेको गाेरखाले आफ्नो यात्राको १६ वर्ष पूरा गरेको छ ।

विद्यार्थीलाई नतिजामुखी एवम् जीवनपयोगी शिक्षा प्रदान गर्दै गाेरखाले सुरुवातदेखि नै पश्चिम क्षेत्रकै उत्कृष्ट शिक्षण संस्थाका रुपमा आफूलाई स्थापित गराउँदै आएको छ ।

वि.सं. २०५७ सालमा स्थापित गाेरखा युनाईटेड विद्यालयले शैक्षिक सत्र २०६५ सालदेखि कक्षा ११ तर्फ विज्ञान संकायको सञ्चालनको अनुमति प्राप्त गरेकाे थियाे भने सञ्चालनको दोस्रो वर्ष व्यवस्थापन संकायको पनि पढाइ सुरु गरेको थियो । यहाँ अध्ययन गरेकाहरु निजामति लगाएत विभिन्न सरकारी सेवा तथा विश्वविद्यालयमा प्रोफेसर सम्म भएका छन् ।

गाेरखा युनाइटेडमा कक्षा ११ मा विज्ञान, व्यवस्थापन विषयमा अध्यापन हुँदै आएको यो स्कुलले सैद्धान्तिकसंगै प्रयोगात्मक शिक्षालाई जोड दिँदै आएको छ । अनुभवी एवं लामो समय शैक्षिक क्षेत्रमा समर्पित प्राध्यापकबाट अध्यापन हुँदै आएको यो स्कुलले हरेक विद्यार्थीलाई विश्वबजारमा प्रतिष्पर्धी बनाउन अनवरत रुपमा प्रयास गर्ने गरेको छ ।

अबको समय आधुनिक प्रविधिको उच्चतम प्रयाेग गर्ने समय भन्ने मान्यतालाई आत्मसाथ राख्दै यसै शैक्षिक सत्र देखि हरेक कक्षाकोठामा स्मार्टबोर्ड मार्फत पठन–पाठन शुरु भएको विद्यालयका अध्यक्ष केशर बहादुर आलेले जानकारी दिनुभयाे।

अध्यक्ष आलेले भन्नुभयाे-“पुस्तकले ज्ञानले मात्रै विद्यार्थी पुर्ण नहुने हुदा व्यबहारिक ज्ञानलाई पनि हामीले जाेड दिएका छाै।”




