कोहलपुर (बाँके) : काेहलपुर क्षेत्रका लायन्स क्लबहरुकाे पद हस्तान्तरण कार्यक्रम शनिवार सम्पन्न भएकाे छ ।
लायन्स क्लब अफ कोहलपुर कस्तुरी , लायन्स क्लब अफ कोहलपुर, लायन्स क्लब अफ कोहलपुर सयपत्री र लायन्स क्लब अफ कोहलपुर प्राेफेसनलकाे संयुक्त आयोजनामा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हाे ।
लायन्स क्लब अफ काेहलपुर कस्तुरीका निबर्तमान अध्यक्ष प्रकाश खड्काले बर्तमान अध्यक्ष बिनाेद कुमार भट्टराईलाई, र लायन्स क्लब अफ काेहलपुरका निबर्तमान अध्यक्ष उत्तम ढकालले बर्तमान अध्यक्ष समर बस्नेतलाई , लायन्स क्लब अफ कोहलपुर सयपत्रीका निवर्ताान अध्यक्ष कल्पना काफ्लेले वर्तमान अध्यक्ष शुवर्णा खनाललाई पद हस्तातरण गरेका हुन ।
हस्तातरण कार्यक्रममा पदभार गहण गरेका अध्यक्षहरुले क्लवलाई विभिन्न सामाजिक काममा केन्द्रीत गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।
लायन्स क्लब इन्टरनेशनल ३२५ एनका डिष्टिक गर्भनर बिनाेद कुमार श्रेष्ठलेकाे प्रमुख आतिथ्यातामा भएकाे कार्यक्रममा
लाइन्स क्लब इन्टरनेशनल ३२५ एनका डिष्टिक प्रथम उपाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ ,पुर्व अध्यक्ष मधुसूदन शर्मा,लाइन्स क्लव अफ काेहलपुर कस्तुरीका संस्थापक अध्यक्ष तथा काेहलपुर नगरपालिकाका उप प्रमुख संगीता सुवेदी लगाएतले शुभकामना ब्यक्त गर्नुभएको थियाे।
कार्यक्रममा लायन अग्रजहरु चिन्तामणी धिताल, तेज प्रसाद अधिकारी ,एलबि क्षेत्री, टिपि न्यौपाने, राजु रिजाल ,शान्ति गैरे लगाएतको उपस्थिती रहेको थियो।