गोरखा युनाइटेडमा “पढ्दै कमाउदै ” कार्यक्रम संचालन गरिने

गोरखा युनाइटेडमा “पढ्दै कमाउदै ” कार्यक्रम संचालन गरिने
अनिता अधिकारी


काेहलपुर,बाँकेकाे काेहलपुरमा रहेकाे गोरखा युनाइटेड पब्लिक स्कुलले आगामी शैक्षिक सत्रदेखि पढ्दै कमाउदै कार्यक्रम संचालन गर्ने भएकाे छ।
आगामी आर्थिक वर्ष बाट कक्षा ६ देखि माथि पढ्दै कमाउदै कार्यक्रम सञ्चालन गरिने गोरखा युनाइटेड पब्लिक स्कुलका सञ्चालक अध्यक्ष केशर बहादुर आलेले बताए ।


शुक्रवार स्कुलकाे २३ औँ वार्षिकउत्सो अबसरमा अध्यक्ष आलेले भने,” हामी सिपसहितकाे व्यबहारिक शिक्षा दिन चाहन्छाै “।
आगामी आर्थिक वर्ष बाट कक्षा ६ देखि माथि पढ्दै कमाउदै कार्यक्रम सञ्चालन गरिने गोरखा अध्यक्ष केशर बहादुर आले जानकारी दिए । विद्यार्थीहरुको मात्र नभइ शिक्षक कर्मचारीहरुको सेवा सुविद्या पनि विद्यालयले सरकारको नीति नियम अनुसार प्रदान गरेको बताए । विद्यार्थीहरुको इच्छाशक्ति र चाहाना अनुसार बुक लेस पठानपाठनकाे प्रयाेग भइरहेको उनकाे भनाई छ । विद्यार्थीलाई गुणस्तर शिक्षा प्रदान गर्न आफु निरन्तर लागि परेकाे अध्यक्ष आले बताए।
कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिका मेयर पूर्ण प्रसाद आचार्यले गोरखा युनाइटेड पब्लिक स्कुल एउटा निजी विद्यालय मात्र नभइ कोहलपुर नगरपालिकाकाे सम्पत्ति भएको बताए । गुणस्तरीय शिक्षा प्रदान उत्कृष्ट हुनुका साथै अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेकाे नगर प्रमुख आचार्यकाे भनाई छ।नगर प्रमुख आचार्यले भने,” यस विद्यालयले विभिन्न पदक जित्न र बाँकेको शिर उच्च राख्ने गएको उनको भनाइ छ ।”

विद्यालयले शैक्षिक गुणस्तर प्रदान गर्दै दक्ष जनशक्ति उत्पादन गरेको प्रधानध्यापक साधना थापाले बताइन् । विद्यार्थीकहरुलाई शिक्षा सँग सँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिएको जानकारी दिइन् ।
उनले चालु शैक्षिक शस्त्रमा विद्यालयले गर्ने १२ बुद्धाहरु समेत उनले प्रस्तुत गरेकी थिइन्। विदार्थीहरुको मनोबल बढाउन १ देखि १० कक्षा सम्म अध्यानरत विद्यार्थीहरुलाई विविध विधाहरुमा पुरस्कार वितरण गरेको बताइन् ।


आजका भोलि बालबालिका लाई अंग्रेजी सिकाउने नाममा नेपाली बोल्न गाह्रो लाग्न थालेको अभिभावक विनोद मैनाली बताए । २३ औँ वार्षिकउत्सवको शुभकामना दिदैै अंग्रेजी सँगसँगै आफ्नो मातृभाषा लाई जोड दिन आग्रह गरे ।
सो अवसरमा विद्यार्थीहरुले विभिन्न संस्कृतिक झल्काउने नृत्य,नाटक समेत प्रस्तुत गरेका थिए । उत्कृष्ट शिक्षक कर्मचारीलाई सम्मान गरिएकाे थियाे।

सम्बन्धित समाचार