बाँकेकाे बैजनाथमा थप चार दिन गर्मी विदा

काेहलपुर,अत्याधिक गर्मीका कारण बाँकेको बैजनाथ गाउँपालिकाले गर्मी विदा थप गरेकाे छ । पालिकाभित्र रहेका सम्पूर्ण सरकारी तथा संस्थागत विद्यालयमा थप चार दिनका लागि गर्मी विदा थप गरिएको बैजनाथ शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत विश्वराज ढकालले जानकारी दिए ।


उनका अनुसार यही असार ४ गतेदेखि असार ७ गतेसम्मका लागि विदा थप गरिएको छ ।


ताजा समाचार