काेहलपुरमा जेष्ठ २५ गतेसम्म गर्मी बिदा
अत्यधिक गर्मी बढेपछि काेहलपुरमा विद्यालयमा दिइएको बिदा थप गरिएको छ । जेठ १६ गतेदेखि दिइएको बिदालाई दाेस्राेपटक थप गरेर जेठ २५ गतेसम्म पुर्याइएको छ ।

बर्षे विदाबाट कटौती हुने गरी बिदा जेठ २५ काेहलपुर नगर भित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको काेहलपुर नगर शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत शिला गाैतमले जानकारी दिइन ।




