बाँकेमा ४ लाख ६९ हजार बढिकाे अबैध भन्सार छलिको समान र कुखुराको चल्ला बरामद

बाँकेकाे नेपालगन्ज वडा न ४ बाट प्रहरीले अबैध समान र कुखुराकाे चल्ला बरामत गरेकाे छ। भारत बाट अवैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याएको लेडिज जेन्स प्लाष्टिकको चप्पल र कुर्ता सुरुवाल अन्दाजी मुल्य रु २ लाख ८९ हजार २ सय र जानकी गा.पा. १ बढैयाबाट अबैध रुपमा ल्याएका ब्रोईलर कुखुराको चल्ला १८०० वटा अन्दाजी मुल्य रु. १ लाख ८० हजार बराबरको गरी जम्मा ४ लाख ६९ हजार २ सय बराबरकाे बरामद गरेकाे बाँके प्रहरीले जनाएकाे छ ।

बरामत गरिएकाे समान र चल्ला आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज र पशु क्वारेन्टाइन कार्यालय नेपालगंज बाँकेमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकाे छ।





