सिरोहियालाई थप उपचारका लागि ‘एयर लिफ्ट’ गरेर काठमाडौं लागिदै

काेहलपुर,   नागरिकतासम्बन्धी कसुरमा प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप उपचारका लागि ‘एयर लिफ्ट’ गरेर काठमाडौं ल्याउन लागिएको छ । स्वास्थ्यमा थप समस्या आएपछि उनलाई काठमाडौं ल्याउन लागिएको हो ।

उनलाई काठमाडौं ल्याउन नियमित उडानबाट समस्या हुने देखिएपछि ‘एयर लिफ्ट’ गर्न लागिएको हो । सिरोहियाको छाती अत्यधिक दुखाइ भएपछि काठमाडौं ल्याउन लागिएको प्रहरी काे भनाई छ ।

उनलाई आजै केहीबेरपछि काठमाडौं ल्याइँदैछ । नागरिकता प्रकरणमा दाेषी देखिएकाे भन्दै सिरोहियालाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि उनलाई जनकपुर लगिएको थियाे।


ताजा समाचार