शिक्षक,विद्यार्थी र अभिभावकका लागि गाेरखा युनाइटेडमा याेग शिविर

बाँके:बाँकेको कोहलपुरमा रहेको शैक्षिक गोरखा युनाईटेड पब्लिक स्कुलमा चार दिने याेग शिविर सञ्चालन भएकाे छ ।


विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी तथा विद्यार्थीका अभिभावक तथा विद्यार्थीहरुका लागि याेग शिविर सञ्चालन गरिएकाे विद्यालयका अध्यक्ष केसर बहादुर आलेले जानकारी दिनुभयाे। ‘स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना’ भन्ने मुल मन्त्रकासाथ शुरु भएकाे याेग शिविरमा पहिलो र दाेस्रो दिन विद्यालयका कर्मचारी तथा शिक्षकहरुको लागि र शुक्रवार र शनिवार विद्यालय संबद्ध अभिभावक तथा विद्यार्थीहरुका लागि योग शिविर सञ्चालन हुने विद्यालयले जनाएको छ ।

शैक्षिक शत्रको शुरुवातमा विद्यालयको बार्षिक क्यालेण्डर बमोजिम योग शिविर सञ्चालन गरेको गोराखा युनाईटेड पब्लिक स्कुलका अध्यक्ष आलेकाे भनाई रहेकाे छ। स्वस्थ दिमाग र शरीरले मात्र मानव जीवनका हरेक कुराहरुलाई सार्थकता दिने भन्दै शिक्षण सिकाईका क्रममा पनि स्वस्थ दिमागका लागि योग शिक्षाकाे आवश्यकता महशुस गरि विद्यालयले याेग शिविर सञ्चालन गरेकाे उहाँकाे भनाई छ। विद्यालयले आगामी दिनहरुमा पनि योग कक्षालाई निरन्तरता दिने अध्यक्ष आलेकाे जानकारी दिनुभयो  ।
मुख्य प्रशिक्षक मनोक्रान्ति सेन्टर काठमाण्डौका योगी नवराज छमजिले चार दिन सम्म शिविर सञ्चालन गर्ने छन । शिविरमा योगवारे समेत जानकारीमुलक सन्देशहरु प्रवाह गर्ने कार्यक्रम रहेकाे छ ।शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र अध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई योग भनिन्छ भन्दै योगी नवराजले योगलाई सामान्यतया, आत्माको परमात्मासँगको जोड रहेकाे बताउनुभयो   ।


योग एक किसिमको अनुभूति र रूपान्तरण हो । परापूर्वकालमा योगलाई अदृश्य शक्तिसँग जोडिने माध्यमका रूपमा लिइने गरिएकाे भएपनि  समयक्रमसँगै योगको महत्व पनि परिवर्तन हुँदै आएको याेगगुरु छमजिकाे भनाई छ । योग विभिन्न किसिमहरु मध्ये याम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि र त्याग मुख्य रहेकाे उहाँले जानकारी दिनुभयाे।

सम्बन्धित समाचार