गजलकार प्रकट पगेनी को निधन

 

पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ ।


जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा मंगलबार दिउँसो निधन भएको हो ।
स्वास्थ्यमा एक्कासि समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा अन्ततः निधन भएको साहित्यकार रुपिन्द्र प्रभावी कटुले जानकारी दिए ।
७० वर्षीय प्रकट पगेनी शिव कास्कीको रुपा गाउँपालिका वडा ५ निवासी हुन् । उनका श्रीमती, १ छोरा र १ छोरी छन् ।
उनी सिद्धहस्त गजलकार थिए । उनका गीत र गजलका कृति प्रकाशित छन् ।
उपचारमा मोटो रकम लाग्ने भएपछि मंगलबार नै आर्थिक संकलन अभियान थालिएको थियो । उनको उपचारका लागि पोखरा महानगरपालिकाले १ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । पोखरेली सांस्कृतिक परिवार अध्यक्ष उपेन्द्र पौडेलले २५ हजार राखेर उपचार कोष स्थापना गरेरै सार्वजनिक अपील गरेका थिए ।
उनको बुधबार अन्त्येष्टि हुने परिवारजनले जनाएको छ । आदर्श समाजबाट

सम्बन्धित समाचार