बिनाेद भट्टराई
काेहलपुर । प्रदेश स्तरिय मेयर कप काेहलपुर- देउराली अपहिल साइक्लिङ प्रतियोगिको उपाधि पुरुषतर्फ देव बहादुर बाेहरा र महिलातर्फ हुमी बुढामगरले जितेका छन् ।
बाेहराले निर्धारित २३ किमीको दुरी ५६ मिनेट १९ सेकेण्डमा पार गर्दै प्रथम भएका हुन् । सोही दुरी १ घण्टा ९ मिनेट १८ सेकेण्डमा पार गर्दै महिलातर्फ बुढामगर प्रथम भएको आयोजक स्वर्गद्वारी साइक्लिङ क्लव काेहलपुरले जनाएको छ ।
काेहलपुर नगरपालिकाकाे मुख्य प्रायाेजन तथा गाेरखा युनाइटेड पब्लिक स्कुल,काेहलपुर र नागरिक पाेलिक्लिनिक,काेहलपुरकाे सह प्रायाेजनमा नयाँ वर्षकाे अवसर पारेर शनिबार भएको प्रतियोगितामा पुरुषतर्फ जंगु थारु द्वितीय र गगन नेपाल तृतीय भए । महिलातर्फ रुपा थारु द्वितीय र टिका थारु तृतीय भइन् ।
पुरुष र महिलातर्फ प्रथम, द्वितीय र तृतीयले क्रमशः ३०, २५ र २० हजार रुपैयाँ, र प्रमाणपत्र पाए । सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको स्वर्गद्वारी साइक्लिङ क्लव काेहलपुरका संरक्षक केशर बहादुर आलेले जानकारी दिए ।
स्वर्गद्वारी साइक्लिङ क्लव काेहलपुरले दाेस्राे पटक आयोजना गरेको प्रतियोगितामा २८ खेलाडीले भाग लिएका थिए।
प्रतियोगितामा लुम्बिनी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका २८ खेलाडी सहभागी थिए । पुरुष १९ जना र महिला ९ जना प्रतियोगितामा सहभागी भएकाे संरक्षक आलेले जानकारी दिए ।प्रतियोगितामा भाग नलिएका करिव १ सय ५० फन राइरडहरुकाे कार्यक्रममा सहभागीता रहेकाे थियाे।
काेहलपुर नगरपालिका गेटबाट सुरु प्रतियोगिता चिसापानी हुँदै देउराली मन्दिरमा पुगेर सकिएको थियो ।
प्रतियोगिता उद्घाटन गर्दै काेहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले साइक्लिङ स्वास्थ्य लगाएत विभिन्न काेणबाट उत्कृष्ट रहेकाे बताए ।
स्वर्गद्वारी साइक्लिङ क्लव काेहलपुरका संरक्षक केशर बहादुर आलेले गत वर्षदेखि साइक्लिङ प्रतियोगिता आयाेजना गरिएको बताउँदै आगामी वर्ष राष्ट्रिय स्तरकाे प्रतियोगिता गर्ने याेजना रहेकाे बताए । साइक्लिङ स्वास्थ्य लगाएत वतावरणकाे लागि पनि राम्रो हुने भएकाले यसमा जाेडिन आग्रह गरे । प्रतियोगितालाई बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहले समापन गरेका थिए।