मेयर कप काेहलपुर- देउराली अपहिल साइक्लिङ प्रतियोगिताकाे तयारी पुरा
काेहलपुर : नयाँ वर्षकाे अवसर पारेर लुम्बिनी प्रदेश स्तरिय मेयर कप Kohalpur – Deurali Uphill Cycling Competition 2080 – II तयारी पुरा भएकाे छ।

स्वर्गद्वारी साइक्लिङ क्लव काेहलपुरको आयोजनामा भाेली बैशाख १ गते मेयर कप Kohalpur – Deurali Uphill Cycling Competition 2080- II तयारी पुरा भएकाे क्लवका संरक्षक केशर बहादुर आलेले जानकारी दिनुभयो ।साइक्लिङ कम्पाेटिसनकाे भाेली विहान ७ बजे काेहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ ।

लुम्बिनी प्रदेश स्तरिय प्रतियोगितामा रुपन्देही ,प्युठान ,दाङ लगाएत लुम्बिनी प्रदेशका विभित्र जिल्लाबाट खेलाडी सहभागी हुनुका साथै नेपाल आर्मीका खेलाडी समेत सहभागी हुने क्लवका संरक्षक केशर आलेले जानकारी दिनुभयो । देउरालीमा अवस्थित देउराली मन्दिरलाई धार्मिक पर्यटन स्थलकाे रुपमा विकास गरी यस क्षेत्रकाे वातावरणकाे संरक्षण तथा संवर्धन तथा साइकल प्रयाेग प्रयाेग संकारकाे विकास गराउने उद्देश्यका साथ हुन लागेकाे साइक्लिङ कम्पाेटिसन काेहलपुर नगरपालिका गेटबाट सुरु भई रत्न राजमार्गमा रहेकाे देउराली मन्दिरसम्म पुग्नेछ।
महिला र पुरुष गरी दुई विधामा हुने प्रतियोगितामा प्रथम द्वितिय र तृतिय हुने खेलाडीलाई नगद र प्रमाणपत्र प्रदान गरिने छ संरक्षक आलेले जानकारी दिनुभयाे।
साइक्लिङ क्लवका अध्यक्ष जनक वलीका
साइक्लिङ कम्पाेटिसनका लागि काेहलपुर नगरपालिकाकाे मुख्य प्रायोजन रहेकाे छ भने गाेरखा युनाइटेड पब्लिक स्कुल र नागरिक पाेलिक्लिनिक काेहलपुर सह प्रायाेजन रहेकाे छ। प्रतियोगिताकाे समापन विहान ११ बजे देउरालीमा हुनेछ।




