हत्याकाे आराेपमा काेहलपुरबाट एकजना पक्राउ

दैनिक उज्यालो संवाददाता
काेहलपुर,हत्याकाे आराेपमा काेहलपुरबाट एकजना पुरुष पक्राउ परेका छन् ।


बारबर्दिया नगरपालिका वडा नं ९ बनगाई बस्ने २७ बर्षिया उर्मिला चौधरीको हत्या गरेकाे आराेपमा काेहलपुर -२ मुक्तिनगर बस्ने बर्ष ४५ को राम सिंह थारुलेलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

यही फाल्गुन १८ गते बिहान अन्दाजी सात बजे बाँकेकाे बैजनाथ वडा नं ५ स्थित बनकट्टी देखि जिगाँउ जाने भित्री पक्की बाटो किनारामा बर्ष २७ की उर्मिला चौधरीको शव फेला परेको थियाे। उक्त घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा उक्त घटना कर्तव्य गरी मारेको हुनसक्ने देखिएकोले सुक्ष्म रूपमा अनुसन्धान गर्दा उर्मिला चौधरीलाई कोहलपुर नगरपालिका वडा नं २ मुक्तिनगर बस्ने बर्ष ४५ को राम सिंह थारुले यही फाल्गुन १७ गते रातीको समयमा घाटी थिची मारेको खुल्न आएकोले  नियन्त्रणमा लिईएकाे इलाका प्रहरी कार्यालय काेहलपुरका प्रमुख सुन्दर तिवारीले जानकारी दिनुभयो । बाँके जिल्ला अदालतले पहिलो पटक पाँच दिन हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान भैरहेको डि एस पि तिवारीले जानकारी दिनुभयाे।

 

 

 

सम्बन्धित समाचार