भोपेन्द्र कवरको मेरो कोरीयन साथी शब्दकोष विमोचन

 

१७ फागुन, कोहलपुर । पश्चिम नेपालमै पहिलो पटक स्थानिय स्तरमा कोरियन भाषाको शब्दकोष विमोचन गरीएको छ ।

बिहीबार एक कार्यक्रमका बीच लामो समयदेखि कोहलपुरमा रहेर कोरियन भाषा प्रशिक्षण गर्दै आएका पोख्त प्रशिक्षक भोपेन्द कवरद्वारा लिखित मेरो कोरियन साथी शब्दकोष पुस्तक विमोचन गरिएको हो । विगत एक दशक यता कोहलपुरमा शंघर्ष गर्दै आएका कवरले पश्चिम नेपालमै पहिलो पटक कोरियन भाषाको शब्दकोष सर्वजनिक गरेका छन ।

कवरले बाँके जिल्लामै २२ हजार भन्दा बढि कोरियन शब्दहरु कण्ठस्थ गरि करिव दश हजार बढि शब्दहरुको उल्लेख गरीएको शब्दकोष पुस्तक तयार पारेका हुन् । उक्त शब्दकोषको एविसी एजुकेसन सेन्टर सञ्चालक तथा कोरियन भाषा प्रशिक्षक रामकृष्ण चौधरीले विमोचन गरेका हुन् ।

उक्त अवसरमा बोल्दै चौधरी शब्दकोष निकै उपयोगी रहेको बताए । वैदेशिक रोजगारको गन्तव्यका रूपमा रहेको दक्षिण कोरिया जानका लागि भाषा अध्ययनमा शब्दकोष निकै उपयोगी र सरल रहेको चौधरीले बताएका छन् । ‘यो पुस्तक पश्चिम नेपालमै पहिलोपटक प्रकाशन गरिएको हो । यो शब्दकोष विद्यार्थीको लागि निकै उपयोगी रहेको छ । यसले विद्यार्थीलाई भाषा पढ्न र कण्ठस्थ गर्न निकै उपयोगी हुने अपेक्षा छ’ उनले भने ।

ईपिएस टपिक २०२१ को नयाँ पाठ्यक्रममा आधारित १ देखि ६० सम्मका प्रत्येक पाठका सम्पूर्ण समानार्थी, विपरितार्थी, व्याकरण, शब्दार्थ, कोरियन उच्चारण सहित समेटिएको मेरो कोरियन साथी शब्दकोष पुस्तक कोरीयन भाषा अध्यन गर्ने सबैका लागी निकै उपयोगी हुने लेखक कवरले बताए । पुस्तकमा समानार्थी र विपरितार्थी शब्दहरु छुट्टा छुट्टै समेटिएको छ । उनले भने कोरिया जानको लागि भाषा अध्ययन गर्ने विद्यार्थीहरुको लागि सरल हुने अपेक्षा राखेको छु ।

लेखक कवर लामो समयदेखि शिक्षण पेसामा आवद्ध रहदै आएका छन् । कवरसँग करिब एक दशक विभिन्न शैक्षिक संस्थामा शिक्षण गरेको अनुभव छ । उनका आधा दर्जन बढी पुस्तकहरु प्रकाशनको क्रममा छन् । उनका बेशिक कोरियन बुक, सरल अंगे्रजी भाषा बेशिक, सरल अंग्रेजी भाषा, सरल उद्घोषण कला, गजल संग्रह प्रकाशनको तयारीमा रहेका छन् ।

उनले स्थानिय स्तरका भाषा प्रशिक्षार्थीहरुले आफनो पुस्तक अध्यन गरेर भरपुर फाईदा लिन सक्ने भन्दै आफनो पुस्तकलाई वजारीकरण, प्रचार प्रसार र खरिद विक्रिका निम्ति समेत सरोकारवालाहरुलाई आव्हान गरेका छन ।

दिपक आलेले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा एविसिका एसपि बुढा, एमबिडिका मोहन खड्का लगाएतले प्रकाशित पुस्तकका वारमो चर्चा गरेका थिए । विमोचन कार्यक्रममा भाषा अध्यन गर्दै गरेका करिब डेढ सय बढि प्रशिक्षार्थी, शिक्षा अभियान्ता तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।

प्रशिद्ध एब्रोड स्टडि कन्सल्टेन्सीका एसपि बुढाको सभापतित्वमा आयोजित कार्यक्रमको सञ्चालन एमबिडि कम्प्युटर ईन्स्टिच्युटका संचालक मोहन खड्काले गरेका थिए ।

सम्बन्धित समाचार