काेहलपुरमा सडक नाटकमा मार्फत ट्राफिक सन्देश

बिनाेद भट्टराई


काेहलपुर, ट्राफिक सचेतना फैलाउन जिल्ला ट्राफिक कार्यालय बाँकेले सडक नाटक मञ्चन गरेको छ।
जिल्ला ट्राफिक कार्यालय बाँकेकाे आयाेजना तथा युवा सञ्जाल काेहलपुरकाे सहकार्यमा मंगलबार काेहलपुरकाे न्युरोड चाेकमा सडक नाटक मञ्चन गरिएको हो।

बाँकेमा संचालित ट्राफिक सप्ताह २०८० अन्तर्गत दुर्घटना न्युनिकरणका लागि ट्राफिक नियमकाे पालना गर्नुपर्ने सन्देश सहित नाटक देखाएको हो। सवारी दुर्घटना न्यूनीकरण गर्दै धनजनको क्षति हुनबाट जोगाउन ट्राफिक नियम सम्बन्धी सन्देश समेटिएको सडक नाटक प्रदर्शन गरिएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख गाेपिकृष्ण सुवेदीले बताए।

नाटकमार्फत पैदलयात्रीले सडकको दायाँ किनाराको प्रयोग गर्नुपर्ने, सडकमा हातेमालो गरेर हिँड्न नहुने, मोबाइल वा इयरफोनको प्रयोग गरेर सडकमा नहिँड्न, मादक पदार्थ सेवन गरेर जथाभावी सडकको प्रयोग नगर्न, जेब्रा क्रसबाट मात्र सडक पार गर्न, हेल्मेट तथा सिटबेल्टकाे प्रयाेग गर्नुपर्ने ,लाइसेन्स तथा ब्लुबुक सगै लिएर हिड्नपर्ने लगायतका सन्देश दिइएको थियो ।

सम्बन्धित समाचार