काेहलपुरमा आजदेखि छैठाै अन्तर मा वि उपमेयर कप क्रिकेट प्रतियोगिता
अनिता अधिकारी

काेहलपुर,कोहलपुर नगरपालिकाको आयोजना र कोहलपुर नगर खेलकुद बिकास समितिको समन्वयमा छैटाै अन्तर माध्यमिक बिद्यालय स्तरिय उप मेयर कप छात्रा क्रिकेट कप प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको कोहलपुर नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धि बहादुर थापाले जानकारी गराएका छन् ।

अध्यक्ष थापाका अनुसार छात्रा क्रिकेट प्रतियोगिता आइ सि.सिको नियम अनुसार डियुज बलले खेलाइने र खेलाडिहरु १९ बर्ष ननाघेका हुनु पर्ने छ ।
माध्यमिक विद्यालयस्तरिय उप मेयर कप क्रीकेट कप प्रतियोगिताले क्रीकेट प्रति आकर्षण गर्नको लागि महत्वपूर्ण भुमिका खेल्ने कोहलपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख राम बहादुर हमालले बताएका छन् ।
बुधबार प्रतिनिधि सभाका सांसद किशाेर सिह राठाैरकाे प्रमुख आतिथ्यमा उद्घाटन हुने छैटाै अन्तर माध्यमिक बिद्यालय स्तरिय उप मेयर कप छात्रा क्रिकेट कप प्रतियोगितामा ९ वटा सामुदायिक तथा ९ वटा संस्थागत गरि जम्मा १८ वटा विद्यालयहरुले भाग लिएकाे अध्यक्ष थापाले जानकारी दिए। उद्घाटन खेल गाेरखा युनाइटेड पब्लिक स्कुल र दिपज्याेति विद्याश्रम विच हुनेछ।
छात्रा क्रिकेट प्रतियोगितामा प्रथम र द्वितिय हुनेलाई क्रमशः २१ हजार र १५ हजार नगद ट्रफी र मेडल प्रदान गरिने आयोजकले जनाएको छ । बाँकेको कोहलपुरमा छात्रा क्रीकेटको उद्गम स्थल हो पछिल्लो समयमा नगरपालिकाले खेलकुद अनि खेलाडिलाई प्रोत्साहन गर्न विभिन्न खेल सञ्चालन गर्दै आएको छ । प्रतियोगिता फाल्गुन १६ देखि २४ गतेसम्म चल्नेछ ।




