उप-मेयर कप छात्रा क्रिकेट , त्रिभुवन र वालशिक्षा फाइनलमा
दैनिक उज्यालो संवाददाता
काेहलपुरमा जारी अन्तर मा वि छैटाै उप मेयर कप अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा क्रिकेट प्रतियोगिताअन्तर्गत त्रिभुवन मा वि काेहलपुर र वालशिक्षा मावि भरैया फाइनलमा पुगेका छन् ।
शुक्रबार भएकाे पहिलो सेमिफाइनलमा त्रिभुवन मा वि ले गाेरखा युनाइटेडलाई पराजित गरेकाे थियाे भने अर्को सेमिफाइनलमा वालशिक्षा मा वि भरैयाले सगरमाथा ज्ञानपुञ माविलाई पराजित गरेको थियो ।
प्रतियोगिताकाे फाइनल खेल शनिवार विहान ११ बजे हुने नगर खेलकुद विकास समितिका संयाेजक बुद्धि बहादुर थापाले जानकारी दिनुभयाे।
छैटाै अन्तर माध्यमिक बिद्यालय स्तरिय उप मेयर कप छात्रा क्रिकेट कप प्रतियोगितामा ९ वटा सामुदायिक तथा ९ वटा संस्थागत गरि जम्मा १८ वटा विद्यालयहरुले भाग लिएका दिए।

छात्रा क्रिकेट प्रतियोगितामा प्रथम र द्वितिय हुनेलाई क्रमशः २१ हजार र १५ हजार नगद ट्रफी र मेडल प्रदान गरिने आयोजकले जनाएको छ । बाँकेको कोहलपुरमा छात्रा क्रीकेटको उद्गम स्थल हो पछिल्लो समयमा नगरपालिकाले खेलकुद अनि खेलाडिलाई प्रोत्साहन गर्न विभिन्न खेल सञ्चालन गर्दै आएको छ । प्रतियोगिता फाल्गुन १६ देखि शुरु भएकाे थियाे।




