काेहलपुरमा तेक्वान्दो खेलाडी र प्रशिक्षकबीच अन्तरक्रिया

काेहलपुर,

नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति बाँकेले
खेलाडी र प्रशिक्षकबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।


काेहलपुरमा भएकाे अन्तरक्रिया कार्यक्रममा संघका केन्द्रिय महासचिव दिप राज गुरुङ , जिल्लाभित्र का ४१ वोटा डोजाङ्ग प्रमुख, नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमितिका पदाधिकारी लगाएतकाे सहभागीता रहेकाे संघका जिल्ला अध्यक्ष प्रकाश लामिछानेले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख प्रशिक्षक केन्द्रीय महासचिव गुरुङले संघकाे केन्द्रिय निति , तरिका ,खेल र खेलाडीका चुनाैति,स्थानीय सरकारसितको सहकार्य लगाएतका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियाे।


कार्यक्रममा रा खे प बोर्ड सदस्य श्रीमान थापा मगरले खेलाडीले अनुशासन र कुशलतापुर्वक खेलेमा आफ्नाे स्थानीय पालिका,जिल्ला र समग्रमा राष्ट्रकाे शिर उचाे हुने बताउनुभयो ।


संघका जिल्ला अध्यक्ष प्रकाश लामिछानेकाे अध्यक्षतामा भएकाे कार्यक्रम गोकर्ण बहादुर शाहीले र जिल्ला सचिव जङ्गवीर चौधरीले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा केन्द्रिय सदस्य हेमन्त डागी तथा रा खे प का तेक्वान्दो प्रशिक्षक हरुको उपस्तिथि रहेकाे संघका जिल्ला अध्यक्ष  लामिछानेले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार