काेहलपुरकाे जीवन ज्याेति स्कूलले मनायाे अभिभावक दिवस

काेहलपुर
काेहलपुरमा रहेकाे जीवन ज्याेति स्कुलले अभिभावक दिवस मनाएको छ । कक्षा २,३ र ४ को अभिभावक दिवसका अवसरमा विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए । विद्यार्थीले देश प्रेम झल्काउने सहित मनोरञ्जनात्मक नृत्य प्रस्तुत गरे ।


कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले उत्कृष्ट नतिजाका साथै घर , समाज र देशका लागी असल नागरिक उत्पादन गरिनुपर्नेमा जोड दिएका दिए।
नगर प्रमुख आचार्यले मार्कसिटमा भएको उत्कृष्ट नतिजाले मात्रै मुल्यांकन नगरी परिवार , समाज र देश प्रति जिम्मेवार जवाफदेही र नैतिकवान नागरिक उत्पादन गरिनुपर्नेमा जोड दिए ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारीले विद्यालय प्रशासन , शिक्षक र अभिभावक सबैको सामूहिक प्रयास बाटै गुणस्तरीय शिक्षा हासिल हुनेमा जोड दिए ।
कार्यक्रममा प्रिन्सिपल फादर जोमन जेम्सले विद्यालय र शिक्षक जस्तै अभिभावक पनि बाल बालिको शिक्षा प्रति जिम्मेवार र सचेत हुनुपर्ने बताए । उनले गुणस्तरीय साथै असल नागरिक उत्पादनमा आफूहरूको जोड रहेको बताए ।
तहगत रुपमा अभिभावक दिवस मनाउने चलन अनुसार शनिबार कक्षा २,३ र ४ को अभिभावक दिवस मनाईएको विद्यालयले जनाएको छ ।

सम्बन्धित समाचार