गाेरखा युनाइटेडकाे प्राथमिकता ,नैतिक तथा गुणस्तरीय शिक्षा

काेहलपुर,

काेहलपुरम रहेकाे गाेरखा युनाईटेड पब्लिक स्कुलले नैतिक तथा गुणस्तरीय शिक्षालाई उच्च प्राथमिकतामा राखेकाे छ।

शनिवार स्कुलले आगामी शैक्षिक सत्रकाे लागि “विद्यालयकाे शैक्षिक सुधार कार्ययाेजना तथा अभिभावक भेला” कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशर बहादुर आलेले नैतिक तथा गुणस्तरीय शिक्षालाई उच्च प्राथमिकतामा राखेकाे बताउनु भयाे।


याेग शिविर संचालन र आगामी शैक्षिक सत्रकाे शुल्क निर्धारण सम्वन्धि छलफल गर्न विद्यालयकाे आयाेजनामा भएकाे अभिभावक भेलामा अध्यक्ष आलेले भन्नुभयो ,”नम्वरकाे आधारमा मात्र मुल्यांकन हुन्छ,अब व्यवहारिक पाटाेलाई पनि मुल्यांकनमा राख्नुपर्दछ।”
अध्यक्ष आलेले व्यवार र आचरण नहेरी नम्वरकाे आधारमा मात्र मुल्यांकन गर्दा राम्राे नागरिक उत्पादन नहुने उहाँको भनाई थियाे।
कार्यक्रममा काेहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले गाेरखा स्कुल काेहलपुरकाे पहिचान भएकाे वताउनु भयाे। नगर प्रमुख आचार्यले गाेरखा स्कुलले गरेका राम्रा अभ्यासहरु अन्य विद्यालयले पनि अनुसरण गर्नपर्नेमा जाेड दिनुभयाे।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल साधना थापाले शैक्षिक सत्र २०८१ काे वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभएको थियाे। वार्षिक कार्ययोजनामा विद्यालयमा स्मार्ट बाेर्डकाे प्रयाेग,शिक्षकलाई आई सि टि लालिम,छात्रा सुरक्षा कार्यक्रम ,प्रयाेगात्मक सिकाई ,याेग शिविर संचालन लगाएतका विषय समेटिएको छ। अभिभावक भेलामा आगामी शैक्षिक सत्रकाे लागि विद्यालयले लिने शुल्क समेत निर्धारण गरिएकाे थियाे।


ताजा समाचार