ज्ञानज्योति मावि बगियाकाे ३०ओै वार्षिकोत्सव सम्पन्न

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको ज्ञानज्योति माध्यामिक विद्यालय बगियाले ऐतिहासिक ३०औं वार्षिकोत्सव सम्पन्न गरेकाे छ ।

‘समावेशी र सिपमुलक शिक्षा, स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने मुल नाराका साथ ज्ञानज्योति माध्यामिक विद्यालय बगियाले ऐतिहासिक ३०औं वार्षिकोत्सव मनाएको हो ।

कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले वार्षिकोत्सवको उद्घाटन गर्नुभएको थियाे।
कार्यक्रममा काेहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कल्पना शर्मा अधिकारीले काेहलपुर ११ मा रहेकाे विद्यालयकाे भाैतिक तथा शैक्षिक स्तर उकास्न वडाले पहल गरिरहेकाे बताउनु भयाे। उहाँले विद्यालयकाे भाैतिक अवस्था थप सुदृढ गराउन चालु आ ब वडा न ११ ले ५ लाख वरावरकाे सहयाेग गरेकाे बताउनुभयो ।


कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक ईश्वरी प्रसाद विश्वकर्माले ज्ञान ज्याेति बगियाले गुणस्तरीय शिक्षामा प्रवाहमा प्रयास गरिरहेकाे बताए।


गाेरखा युनाइटेड पब्लिक स्कुलका अध्यक्ष केशर बहादुर आलेले निजि र सामुदायिक विद्यालय दाेहाेरी नखेली सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए।
विद्यालयका संस्थापक भानुभक्त भट्टराई र विद्यालयले व्यवस्थापन समितिका पुर्व अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले पनि विद्यालकाे विकासकाे लागि आफुहरु जस्ताेसुकै सहयाेग गर्न तयार रहेकाे बताउनुभयाे। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद ढकालले शैक्षिक सत्र २०७९ तथा आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे।  प्रअ ढकालले १३ वटा भावी योजना, १२ वटा शैक्षिक गुणस्तर सुधारका लागि गरिएका प्रयासहरु, ९ वटा भौतिक सुधारका लागि गरिएका सुधारहरु प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे।

३०औं वार्षिकोत्उसव मनाउन पाउँदा निकै खुसी भएको बताउँदै स्थापना कालदेखि आज नै यो पहिलो वार्षिकोत्सव हो जुन ३० वर्षमा पहिलो पटक वार्षिकोउत्सव मनाइरहेको ढकालले बताउनु भयाे ।
यस्तै २०७९ सालमा कक्षा प्रथम भएका बालबालिकाका अभिभावकहरुलाई सम्मान गरिएको थियो ।

यस्तै कार्यक्रममा  उत्कृष्ट हाजिरी भएका शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो ।
यस्तै वार्षिकोत्सवमा कक्षा १ दखि १० कक्षासम्म अध्ययनरत बालबालिका मध्ये सबै भन्दा बढि विद्यालय आउने विद्यार्थीलाई सम्मान गरिएको थियो ।
वार्षिकोत्सवमा विभिन्न हाउसका   अध्यक्ष तथा सक्रिय व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । जसमा ग्रिन हाउसबाट एलिसा सुनार, रेड हाउसबाट सिता लक्ष्मी खत्री, ह्वाइट हाउसबाट जयन्ती खत्री र एल्लो हाउसबाट रमिला खत्रीलाई सम्मान गरिएको थियो ।

अग्रज विद्यार्थी दुर्जी कुमारी वलीले झोला, पेन्सिल र वर्णमाला कक्षा १ का बालबालिकालाई हस्तान्तरण गरेकी थिइन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्षहरु राजेन्द्र कुमार श्रेष्ठ, चन्द्र बहादुर खत्री र सुर्य रोकाय र पूर्व प्रअ राजेन्द्र श्रेष्ठ, ज्ञानु लम्साल, गोविन्द राज श्रेष्ठ र गोमा चालिसेलाई सम्मान गरिएको थियो ।


यस्तै सरसफाई र अनुशासन तर्फका बालबालिकालाई समेत सम्मान गरिएको थियो । पूर्व विद्यार्थी तुलाराम राजबंसीले विद्यालयलाई १० हजार सहयोग गरेका थिए । उनी टिएफसी नेपालका फाउन्डर हुन् ।
कार्यक्रममा म्युजिकल पिटि प्रदर्शन गरिएकाे थियाे भने विद्यार्थीका कला प्रदर्शन समेत गरेका थिए
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देवलाल बाेहाेराकाे अध्यक्षतामा भएकाे कार्यक्रममा विद्यालयका स प्र अ तिलक बुढाथोकीले स्वागत तथा टिकाराम आचार्यले संचालन गर्नुुभएकाे थियाे।

 

सम्बन्धित समाचार