शैक्षिक सुधारका लागि कोहलपुर नगरपालिका र काठमाण्डौं विश्वविद्यालयबीच सम्झौता


काेहलपुर नगरपालिकाले सामुदायिक शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्न काठमाडौं विश्वविद्यालय (केयू)सँग सम्झौता गरेको छ आइतवार नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य र विश्वविद्यालयका स्कुल अफ एजुकेसनका डीन बालचन्द्र लुइँटेलले सम्झाैता पत्रमा हस्ताक्षर गरेका हुन।
नगरपालिका भित्रका सामुदायिक विद्यालयको उत्थान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको काेहलपुर नगरपालिका प्रमुख आचार्यले सामाजिक संजालमा लेख्नुभएकाे छ । सम्झौताले शिक्षामा प्रतिवद्धता दिनुका साथै स्थानीय शिक्षा परिदृश्यमा सकारात्मक परिवर्तन ल्याउन व्यापक योजनाको रुपरेखा प्रस्तुत गर्ने प्रमुख आचार्यकाे दावी छ ।
यस सहकार्य अन्तर्गत काठमाण्डौं विश्वविद्यालयले कोहलपुर नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा शिक्षाको गुणस्तर अभिबृदी गर्न आफ्नो विशेषज्ञता प्रदान गर्ने छ । काठमाण्डौं विश्वविद्यालयले शैक्षिक नीति तथा कार्यक्रम निर्माण,अनुसन्धान तथा नविनता केन्द्र,अभिनव शिक्षण विधिहरु लागु गर्ने, समावेशी तथा विशेष आवश्यकता कार्यक्रम संचालन गर्ने, बहुसाक्षरता कार्यक्रम संचालन गर्ने, परीक्षा संचालन तथा मूल्याङ्कन अभिमुखिकरण कार्य गर्ने, प्राविधिक तथा व्यवसायिक शिक्षा कार्यक्रम,शिक्षकहरु एवम् शिक्षक अगुवाहरुको ब्याक्तित्व विकास कार्यक्रम ,
दस्तावेजीकरण र प्रतिवेदन विकास,
आदि अवसरहरुलाई बढावा दिने कार्यमा यो सम्झौता केन्द्रित रहेको प्रमुख आचार्यले जानकारी दिनुभयाे ।
सम्झाैता पछि नगर प्रमुख आचार्यकाे प्रतिक्रिया छ ,”कोहलपुर नगरपालिका विद्यालयको पूर्वाधार विकासका लागि उपयुक्त सिकाइ वातावरण सुनिश्चित गर्न स्रोतसाधन विनियोजन गर्न प्रतिवद्ध छ । साझेदारीले शैक्षिक प्रक्रियामा अभिभावक र समुदायको सक्रिय संलग्नतालाई पनि जोड दिँन्छ ।”


ताजा समाचार