खत्रीकाे अध्यक्षतामा ” सेवा निवृत्त निजामती चाैतारी”

काेहलपुर


नगर क्षेत्रका निवृत्त निजामती कर्मचारीहरुकाे भेलाले अमरराज खत्रीकाे अध्यक्षतामा “सेवा निवृत्त निजामती चाैतारी” तदर्श समिति गठन गरेकाे छ।
निवृत्त निजामती कर्मचारीको सामुहिक हित र राज्यबाट प्रदत्त अधिकार संरक्षणमा जाेड दिने उद्देश्यका साथ गठित समितिकाे उपाध्यक्षमा डिल्लीराज पाेखरेल,सचिवमा इन्द्रमणि ढकाल रहनुभएकाे छ।
यसैगरी समितिका सदस्यहरुमा हाेमनाथ भूसाल,गणेश बहादुर थापा क्षेत्री,सूर्य प्रसाद लम्साल र धन प्रसाद धिताल रहेकाे समिति सदस्य हाेमनाथ भूसालले जानकारी दिनुभयाे।
समितिले यस क्षेत्रका स्रेवा निवृत्त निजामती कर्मचारीहरुकाे तथ्यांक संकलन गर्ने जनाइएकाे छ।


ताजा समाचार