काेहलपुर नगरस्तरीय हाजिरीजवाफमा त्रिभुवन मा वि प्रथम

काेहलपुर ,काेहलपुर स्थित ज्ञान ज्याेति माध्यमिक विद्यालय बगियाकाे आयोजना भएको काेहलपुर नगरस्तरिय सामुदायिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता त्रिभुवन माध्यमिक विद्यालय प्रथम भएको छ ।


काेहलपुर नगरभित्रका १३ वटा सामुदायिक विद्यालयकाे सहभागीता रहेकाे अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा
ज्ञान ज्याेति माध्यमिक विद्यालय चप्परगाैडी द्वितिय र ज्ञान ज्याेति माध्यमिक विद्यालय बगिया तेस्रो हुन सफल भए ।


कार्यक्रममा काेहलपुर नगरपालिकाका उप प्रमुख संगिता सुवेदी ,काेहलपुर नगरपालिका नगर शिक्षा शाखाका अधिकृत शीला गाैतम लगाएतकाे उपस्थिति रहेकाे थियाे।
उक्त प्रतियोगितामा जन ज्ञान ज्याेति माध्यमिक विद्यालय काैशिलानगर, कृष्ण माध्यमिक विद्यालय काैशिलानगर,लक्ष्मी माध्यमिक विद्यालय,
जनता माध्यमिक विद्यालय मैटहवा,सिद्वार्थ माध्यमिक विद्यालय,सरस्वती माध्यमिक विद्यालय पिपरी, त्रिभुवन माध्यमिक विद्यालय, काेहलपुर माध्यमिक विद्यालय,ज्ञान ज्याेति चप्परगाैडी र नेरामावि खड्गवार, बालशिक्षा माध्यमिक विद्यालय भरैया र आयाेजक ज्ञान ज्याेति माध्यमिक विद्यालय बगिया गरी १२ वटा विद्यालयकाे सहभागीता रहेकाे विद्यालयका प्र अ गाेविन्द प्रसाद ढकालले जानकारी दिए।कार्यक्रममा काेहलपुर नगरपालिकाका उप प्रमुख संगिता सुवेदी ,काेहलपुर नगरपालिका नगर शिक्षा शाखाका अधिकृत शीला गाैतम लगाएतकाे उपस्थिति रहेकाे थियाे।


ताजा समाचार