आज प्याब्सन स्थापना दिवस- काेहलपुरमा विभिन्न कार्यक्रम गरी मनाइदै

काेहलपुर
बाँकेमा रहेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (व्याब्सन) बाँके ले ३३औं स्थापना दिवसमा आज मंगलबार काेहलपुरमा एक कार्यक्रम गरी गर्ने भएकाे छ।

प्याब्सनको स्थापना दिवसमा आज विहान १० बजेदेखि पुरानाे पिपल चाैतारा नजिक रामजानकी स्कुल जाने चाेकदेखि शुरु हुने प्रभातफेरीमा पञ्चेबाजा, मयूर नाच सहित संस्थापक, प्रिन्सिपल, शिक्षक, कर्मचारी, स्कुल व्यानर पोशाकमा कोहलपुर पिपल चौतारा, विद्युतरोड, न्यूरोड हुँदै गोलपार्क पुग्ने प्याब्सन बाँकेका अध्यक्ष यम रावतले बताए ।
कोहलपुर ११ भ्यु टावर नजिकै रहेको खुल्ला मैदानमा ३३औं स्थापना दिवस मनाउन लागेको छ । प्याब्सन बाँकेमा आवद्ध १ सय १४ जना विद्यालयबाट सहभागि हुनेछन् ।
प्याब्सनको स्थापना दिवस कार्यक्रममा कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


ताजा समाचार