उत्कृष्ट तीनमा वालविद्या, त्रिभुवन र गाेरखा

काेहलपुर, पुस । शनिबार सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय मेयर कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० को उपाधी वालविद्या माविले जितेको छ । ८ स्वर्ण २ रजत र ६ काश्य गरी कुल १६ मेडल प्राप्त गरी साताै मेयरकप रनिङ शिल्ड प्रतियोगिताको उपाधी जितेको हो ।
बालविद्या माध्यामिक विद्यालयले ८ स्वर्ण, २ रजत र ६ कास्य प्राप्त गरी अन्तर मावि मेयर कप तथा १६ औं पालिका स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद छनौट प्रतियोगिताको उपाधि उचालेको हो । यस्तै त्रिभुवन माध्यामिक विद्यालयले ८ स्वर्ण, १ रजत र ३ कास्य प्राप्त गरी द्धितीय भएको छ भने गोरखा यूनाईटेडले ६ स्वर्ण, १ रजत र ५ कास्य प्राप्त गरी तृतिय भएको छ ।


यस्तै एथ्लेटिक्सतर्फ छात्र प्रतिक सुनार र छात्रा तुलसा दमाई, भलिबल तर्फ छात्र सन्दिप रावत र छात्रा ग्रेष्णा चिलवाल र कवडीमा छात्र गणेश आले मगर र छात्रा सरिता बुढा उत्कृष्ट खेलाडीका रुपमा मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।
यस्तै कृष्ण माध्यामिक विद्यालयलाई अनुशासनका रुपमा मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो भने मार्च पासमा प्रथम वेस्टर्न माविलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
कोहलपुर खेलकुद विकास समितिको व्यवस्थापन र सञ्चालनमा भएको उक्त प्रतियोगिताको नगर प्रमुख प्रमुख पूर्ण प्रसाद आचार्यले समापन गरेका हुन् ।
समापन कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले अन्तर मावि मेयर कप लाई थप व्यस्थित र परिस्कृत गर्दै लैजाने प्रतिबद्धता गरे ।
समापन समारोहलाई सम्वोधन गर्दै नगर उपप्रमुख संगिता सुवेदीले खेलकुदप्रति विद्यार्थीको उत्साहको प्रशंसा गरिन् । खेल क्षेत्रको विकासका लागि कोहलपुर नगरपालिकाले संस्थागतरुपमा सहयोग गर्ने उपमेयर सुवेदीले प्रतिबद्धता जनाइन् । उनले शिक्षासँगै खेलकुदका कार्यक्रमलाई पनि पालिकाले सँगसँगै अगाडि बढाएको उल्लेख गरिन् ।

 

 

 

 

सम्बन्धित समाचार