साताै मेयरकप-भलिवल र कपर्दी खेलहरुमा कडा प्रतिस्पर्धा

काेहलपुरमा संचालित साताै मेयरकप रनिङ्गशिल्ड खेलकुद प्रतियोगितामा बुधबार भलिवल र छात्र कपर्दीका खेलहरु भएका छन।


आजकाे छात्र भलिवलमा कृष्ण मा वि,राम जानकी मा वि,नेरामावि,सगरमाथा ज्ञानपुञ्ज मावि,लक्ष्मी मावि,सेन्चुरी मा वि र त्रिभुवन मा वि क्वाटर फाइनलमा प्रवेश गरेका छन।
यसैगरी छात्रा भलिवलमा डायनमिक मा वि,गाेर्खा युनाइटेड,साइनिङ्ग स्टार,वाल बिद्या मन्दिर,एभरेष्ट सैनिक,कृष्ण मा वि,ज्ञान ज्याेति चप्परगाैडी,नमुना विद्या सदन दाेस्राे चरणमा प्रवेश गरेका छन।
यसैगरी कवड्डी छात्र तर्फकाे खेलमा राम जानकी मा वि,कृष्ण मा वि,डायनमिक मा वि,त्रिभुवन मा वि क्वाटर फाइनलमा प्रवेश गरेका छन।
कोहलपुर नगरपालिका–२ स्थित तेह्र विघा खेल मैदानमा जारी प्रतियोगितामा त्रिभुवन माविले करातेमा छात्रातर्फ ५२ केजी र छात्रातर्फको ४५ केजीमा प्रथम स्थान हासिल गरेको छ ।
यस्तै डायनामिकले करातेमा छात्रातर्फको ४० केजी तौलमा प्रथम र ५० केजी तौलमा भने तृतीय स्थान हासिल गरेको छ भने जनज्योति माविले ५० केजी तौलमा प्रथम भएको छ ।

यस्तै बालज्योति माविले करातेमा छात्रतर्फ ४२ केजी तौलमा प्रथम भएको छ भने कोहलपुर बागेश्वरी माविले ४७ केजी तौलमा प्रथम भएको छ । यस्तै ८ सय र १५ सय मिटरे दौडमा छात्र र छात्रा दुवैमा त्रिभुवन माविले वाजी मारेको छ ।

यस्तै गोर्खा यूनाईटेडले १०० मिटर दौडमा छात्रातर्फ प्रथम भएको छ भने छात्रतर्फ बालविद्या मावि प्रथम भएको छ ।

सम्बन्धित समाचार