मेयरकप खेलकुद -१५०० मिटर दाैडमा त्रिभुवन माविकाे वर्चस्व
काेहलपुर,साताै मेयरकप रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता अन्तर्गत आज एथलेटिक्स तर्फ १५०० मि दाैड र सटपटका खेलहरु सम्पन्न भएका छन।
आज भएकाे १५०० मिटर छात्र तर्फ त्रिभुवन मा वि का निराजन शाही प्रथम,निम्वल मा वि का साैरभ वली द्वितिय र ग्रिनपिस मा वि हृदय खत्री तृतिय भएका छन।

१५०० मिटर छात्रा पनि त्रिभुवन मा वि कै दिपशिखा शाही प्रथम, कृष्ण मा वि की प्रिमा चाँदरा द्वितिय र नेरामावि खड्गवारका करिष्मा गाइने तृतिय भएकी छन।
आज भएकाे छात्र तर्फकाे सटपटमा डायनामिक मा. वि. का साैगात कुमार मल्ल प्रथम भएका छन।यसैगरी ग्रिनपिस माध्यमिक विद्यालय काेहलपुरका विसाल गिरी द्वितिय र ने रा मा वि खड्गवारका झुमलाल खड्का तृतिय भएका छन।
आज १०० मिटर हिट्का खेलहरु पनि भएका छन।




