काेहलपुरमा मेलमिलापकर्ताका लागि दुई दिने पुनर्ताजगी तालिम

विनाेद भट्टराई

काेहलपुर,मेलमिलापकर्ताकाे क्षमता अभिबृदिका लागि काेहलपुरमा मेलमिलाप सम्बन्धि २ दिने पुनर्ताजगी कार्यक्रम सम्पन्न भएकाे छ।

स्तानिय स्तरमा देखिएका विवादलाई मेलमिलाप सहजकर्ता मार्फत स्थानीय स्तरमै हल गर्न ताेकिएका मेलमिलाप कर्ताकाे क्षमता अभिबृद्दिका लागि काेहलपुर नगरपालिका न्यायिक समितिले उक्त कार्यक्रमकाे आयाेजनामा गरेकाे हाे।

काेहलपुर नगरपालिकाकाे सभाहलमा भएकाे उक्त तालिममा काेहलपुर नगरपालिकाका १५ वटै वडाका करिव ६० जना सहजकर्ताकाे सहभागीता रहेकाे थियाे।

वडामा छानिएका मेलमिलापकर्ताले पारिवारिक विवाद,लेनदेन ,घर जग्गा विवाद ,सामान्य कुटपिट लगाएत ताेकिएका विवादहरुलाई मेलमिलाप मार्फद टुङ्गो लगाउने भूमिका निर्वाह गरिरहेका छन।तालिममा सहभागीहरुलाई विवादकाे प्रकारहरु , विवाद समाधानकाे परम्परागत तरिका,मेलमिलापकाे महत्त्व , मेलमिलापकर्ताकाे भूमिका ,दायित्व ,मेलमिलापकर्ताकाे सिप, मेलमिलाप प्रकृया र मेलमिलापका क्रममा आएका समस्या र समाधानका तरिका लगाएतका विषयमा छलफल भएकाे काेहलपुर नगरपालिकाका उप प्रमुख संगिता सुवेदीले जानकारी दिनुभयाे ।

शुक्रबार र शनिवार गरी दुईदिने तालिममा बाँके जिल्ला न्यायाधीश चुडामणी खड्का,प्रदेश सभा सदस्य सन्जु कुमारी थारु,प्रदेश सभा सदस्य निमा गिरी,पुनरावेदन अदालत तुलसीपुर नेपालगन्ज इजलासका सरकारी वकिल उमाकान्त पाैडेल,अधिवक्ता लाेक बहादुर शाह,अधिवक्ता कर्ण बहादुर के.सी लगाएतले सहजीकरण गरेका थिए।

सम्बन्धित समाचार