काैसिल्या अस्पतालकाे प्रविधिक सहयाेगमा ज्ञान ज्याेति बगियामा आँखा शिविर


काेहलपुर, काेहलपुर स्थित ज्ञान ज्याेति माध्यमिक विद्यालय बगियामा निःशुल्क आँखा जाँच शिविर कार्यक्रम सम्पन्न भएकाे छ।
विद्यालयकाे आयाेजना र काैसिल्या अस्पताल काेहलपुर-११ काे प्राविधिक सहयाेगमा कक्षा ६ देखि १० सम्मका तिन सय पचास जना विद्यार्थीकाे नि शुल्क आँखा परिक्षण गरिएकाे विद्यालयका प्रधानाध्यापक गाेविन्द प्रसाद ढकालले जानकारी दिए।


काैसिल्या अस्पतालका आँखा राेग विशेषज्ञ डा.निरज काफ्ले विद्यार्थीहरुकाे आँखा परिक्षण गरेका थिए।
आँखा परिक्षण विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चलेकाे थियाे।
अस्पतालले आफ्नाे सामाजिक दायित्व अन्तर्गत विदायालयमा निशुल्क प्रविधिक सहयोग गरेकाे अस्पतालका प्रशासन प्रमुख शंकर न्याैपानेले जानकारी दिए।

 

सम्बन्धित समाचार