शिक्षक नेता सुवेदीद्वारा डम्वर-राधिका अक्षयकाेष स्थापना

काेहलपुर, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य तथा बाँके बर्दिया इन्चार्ज बामदेव सुवेदीले आफ्ना स्वर्गीय मातापिताकाे सम्झनामा १ लाख बराबरकाे “डम्वरराधिका” अक्षयकाेष स्थापना गर्ने घाेषणा गर्नुभएकाे छ।


शनिवार नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेकाे काेहलपुरमा भएकाे अगुवा शिक्षक भेलाकाे अवसर पारेर स्वर्गीय पिता डम्वरराज सुवेदी र माता राधिका सुवेदीकाे सम्झनामा ” डम्वरराधिका” अक्षयकाेष स्थापना गर्ने घाेषणा गर्नुभएको हाे। साे अक्षयकाेषकाे ब्याजबाट प्रतेक बर्ष शिक्षक दिवसकाे अवसर पारेर सामुदायिक विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार १जना छात्र र १ जना छात्रालाई छात्रवृत्ति प्रदान गरिने बताउनुभयाे।
स्वर्गीय डम्वरराज सुवेदी नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेका २ कार्यकाल जिल्ला अध्यक्ष र शिक्षक सहकारी बाँकेका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।
उक्त अक्षयकाेष ५ लाख बराबरको बनाउने लक्ष्य रहेकाे केन्द्रीय सदस्य सुवेदीले जानकारी दिनुभयो ।


ताजा समाचार