एपीएफ स्कुल काेहलपुरमा खेलकुद सप्ताह शुरु

बाँकेकाे काेहलपुरमा रहेकाे नेपाल एपीएफ स्कुलमा खेल सप्ताह शुरु भएकाे छ।
“मानव स्वास्थ्यकालागि खेलकुद” भन्ने मुल नाराका साथ बुधबारदेखि खेलकुद सप्ताह शुरु भएकाे हाे।

विद्यालयका समादेशक सशस्त्र प्रहरी नायव उपरिक्षक सुरज खड्काकाे प्रमुख आतिथ्यमा भएकाे खेलकुद उद्घाटन कार्यक्रममा विद्यालयका प्राचार्य मुकुन्द विक्रम शाहले विद्यार्थीकाे सर्वाङ्गिण विकासकाे लागि खेलकुल अपरपहार्य रहेकाे बताउनु भयाे।


यही मंसिर १६ गतेसम्म हुने खेलकुदमा विभिन्न खेलहरु खेलाइने सशस्त्र प्रहरी सहायक निरिक्षक यज्ञ भन्डारीले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय हुने छात्र छात्रालाई पुरस्कार र प्रमाणपत्र वितरण गरिने छ।

सम्बन्धित समाचार