भाेलिदेखि प्रथम प्याब्सन काेहलपुर रनिङ्गशील्ड खेलकुद प्रतियोगिता

बिनाेद भट्टराई

काेहलपुर,बाँकेकाे काेहलपुरमा भाेलीदेखि प्रथम प्याब्सन काेहलपुर रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता२०८० शुरु हुने भएकाे छ।
भाेली पाैष ६ गतेदेखि ८ गतेसम्म काेहलपुरकाे तेह्रबिगाह खेल मैदानमा सन्चालन हुने प्रतियोगितामा काेहलपुर र बैजनाथका प्याब्सनमा आबद्ध विद्यालयहरुकाे सहभागीता हुने प्याब्सन बाँकेका अध्यक्ष यम बहादुर रावतले जानकारी दिए।
भाेली शुक्रबार विहान ११ बजेदेखि शुरु हुने प्रतियोगिताकाे उद्घाटन समाहराेह काेहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यकाे प्रमुख आतिथ्यमा हुने आयाेजकले जानकारी दिए।
आधारभुत तह र माध्यमिक तहका गरि ९ सय ६८ खेलाडीले भाग लिने प्रतियोगितामा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा समावेश गरिने सम्पूर्ण खेलहरु समावेश गरिने अध्यक्ष रावतले दैनिक उज्यालोलाई जानकारी दिए।

सम्बन्धित समाचार