उपभोक्ता हित संरक्षण मन्च कोहलपुरको अध्यक्षमा बेल्बासे

काेहलपुर, उपभोक्ता हित संरक्षण मन्च कोहलपुर नगरको अध्यक्षमा पत्रकार एव सामाजिक अभियान्ता बिष्णु प्रसाद बेल्बासे चयन भएका छ्न।


मन्चका लुम्बिनी प्रदेश उपाध्यक्ष प्रभात सिह ठकुरिको आतिथ्यतामा भएको भेलाले बेल्बासेलाइ अध्यक्षमा सर्बसमत चयन गरेको हो।
सात सदस्यीय समितिको उपाध्यक्षमा रेडियोकर्मि बैकुण्ठ अधिकारी, सचिब हुमहरी भट्टराई , सह सचिवमा शरला सुवेदी, कोषअध्यक्ष प्रतिमा कडेल र सदस्यमा गोबिन्द चौधरी र केशवराज रिजाल चुनिनु भएको छ।
कार्यक्रमका प्रमुख अतिथी उपभोक्त हित संरक्षण मन्च लुम्बिनी प्रदेश उपाध्यक्ष ठकुरिले भेलालाई सम्बोधन गर्दै बजार बाट उपभोक्ताहरु ठगिन र अखाद्य बस्तु बिक्रीवितरणमा रोक लगाउनका लागि नगर पालिकाको समन्वयमा काम गर्नु पर्ने बताउनु भयो।

सम्बन्धित समाचार