बाँकेमा ‘राडर गन’ सहित ट्राफिक चेकिङ्ग , तीब्र गतिमा सवारी हाक्नेलाइ कारबाही

बिनाेद भट्टराई
काेहलपुर
बाँकेमा सावारी साधानको गति मापनगर्ने यन्त्र (राडार गन) प्रयोगमा ल्याइएको छ । तीब्र गतिमा गाडी चलाउँदा गाडी दुर्घटना बढेको निश्कर्ष निकाल्दै ट्राफिक प्रहरीले जिल्लामा गाडीको गति मापन गर्ने यन्त्र प्रयोगमा ल्याइएको हो ।

रडार गनकाे प्रयाेग गर्दै ट्राफिक प्रहरी
फाेटाे- विनाेद भट्टराई

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले उक्त यन्त्रको प्रयाेग गरेकाे बाँके ट्राफिक प्रमुख प्रहरी निरीक्षक गाेपिकृष्ण सुवेदीले जानकारी दिए । यसअघि मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउादा दुर्घटना बढको भन्दै प्रहरीले मापसे चेकजााच गर्न ब्रेथलाइजर मेसिनमा प्रयोगमा ल्याएको थियो ।

दुर्घटना न्युनिकरण तथा ट्राफिक सचेतना अभियान अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यलय बाँकेले दशै पछि काेहलपुरका लगाएत बाँके जिल्लाका मुख्य सडकमा रडार गन प्रयोग गरी तिव्र गतिमा कुदाइएको सवारी साधानलाई कारबाही गर्न थालेको ट्राफिक प्रहरी प्रमुख सुवेदीले बताए । पुर्व पश्चिम तथा रत्न राजमार्गमा पनि विभिन्न स्थानहरुमा रहेका चेकपोष्टहरुमा रडार गनको प्रयोग गर्दै ट्राफिक सचेतना अभियान संचालन गर्ने साथै आगामी दिनमा पनि यो अभियानलाई निरन्तरता दिने उनले बताए । ‘सवारी चालकको आफ्नै लापारबाहीले गर्दा धेरै भन्दा धेरै दुर्घटना हुने गरेको पाइएको छ । बरु सवारी दुर्घटना हुनुभन्दा अगाडी नै सवारी चालकहरु सचेत गराउन यो उपकरण प्रयोगमा ल्याएको हो,’ उनले भने ।

दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षासहित अहिले पुर्व–पश्चिम राजमार्ग सहित काेहलपुर,नेपालगन्जका विभिन्न सडक र हुलाकी सडकहरुमा अभियान केन्द्रित हुनेछ । ‘ हामीले प्रयोगमा ल्याएको राडर गन विशेष किसिमको अत्याधुनिक छ । यसले परैबाट आइरहेका तीव्र गतिका सवारी साधनबारे तत्काल संकेत दिने र ३ सय समटरमा आएपछि गति मापन गर्छ । त्यस्तो गाडी तीब्र गति छ भने सय मिटरको दुरीमा आएपछि नम्बर सहितको सवारीसाधनको फोटो खिचिन्छ । मेसिनकै सहायताले ओभर स्पीडका त्यस्ता सवारीसाधन रोकेर सम्झाई बुझाई गरी कारबाहीको दायरामा ल्याउनेछ,’ प्रहरी निरीक्षक सुवेदीले भने, ‘कुन गाडी कति गतिमा गुडेको छ । त्यसले गनमा अंक देखाउँछ र तस्बिर पनि खिच्ने भएकोले तत्काल स प्रमाणसहितको चिट दिई कारबाही गर्न पनि सहज हुने छ । अहिले याे मेसिन बाँके,दाङ्ग,कपिलवस्तु लगाएतका जिल्लामा आलाेपालाे गरि प्रयोग गरिएकाे बाँके ट्राफिक प्रहरी प्रमुख सुवेदीले बताए।

सम्बन्धित समाचार