कोहलपुर गोल्डकपः त्रिभुवन आर्मी र चर्च व्वाइज उपाधिका लागि भिड्दै

 

कोहलपुर, २१ कार्तिक – बाँकेको कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० को फाइनल खेल भाेली बुधबार हुने भएकाे छ।
उपाधिका लागि भोली दिनकाे २ बजेदेखि त्रिभुवन आर्मी र चर्च व्वाईजविच प्रतिस्पर्धा हुनेछ।


आज खेलमैदानमा पत्रकार भेटघाटमा दुबै टिमका कप्तानले आफ्नो टिमलाई उपाधि दिलाउने दावी गरे।
त्रिभुवन आर्मीका कप्तान भरत खवासले आफुले राष्ट्रिय खेलदेखि लिग हुँदै ‘ए’ डिभिजनका खेल खेलेको र आफ्नो टिमको कडा प्रदर्शन गर्ने बताए । आफ्नो टिममा २ जना राष्ट्रिय खेलाडी र अन्य स्थानिय खेलाडीहरु भएकोले उपाधि हात पार्ने खवास ढुक्क छन् ।
त्रिभुवन आर्मीका कोच आदर्श मल्ले आफ्नो पहिचान नभुल्ने बताए । ‘खेलमा रफ हुँदैन,’ उनले भने, ‘अनुशासनमा रहेर खेल हुन्छ ।’ मल्ले कोहलपुरमा आफ्नो टिम ल्याउन र खेलमा सहभागि हुन पाउँदा आयोजकसंगै व्यवस्थापक टिमलाई समेत धन्यवाद दिएका थिए ।
यस्तै चर्च व्वाईजका कप्तान विकु राई पनि उपाधि लिने ढुक्क छन् । राईले आफ्नो टिममा युवा खेलाडी छन्सबै एउटै उमेर समूहका खेलाडी छन् त्यसैले आफुले भनेजस्तो र सोचेजस्तो खेल हुने दावी गरे ।
चर्च व्वाईज कै कोच रुविन राईले प्रतियोगिताको उपाधि लिनकै लागि भने आएको होइन तर भाग्यले दिएसम्म आफ्नो टिमले फाइनलसम्म पु¥याउनु नै ठुलो उपलब्धि रहेको बताए । ‘अहिले सबै स्थानिय खेलाडीहरु छन्’ उनले भने, ‘बाहिरी खेलाडीहरु छैनन् ।’ अहिलेको पुरै नयाँ टिम रहेको र भविष्यमा यि टिमले नै देशकै उत्कृष्ट खेलाडि बनाउने मेरो सपना रहेको कोच राईले बताए । राईले कोहलपुरमा आफ्नो टिम ल्याउन र खेलमा सहभागि हुन पाउँदा आयोजकसंगै व्यवस्थापक टिमलाई समेत धन्यवाद दिएका थिए ।
प्रतियोगिता सुरु भएको पाँचौ दिनमा भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौले दुधौली स्पोर्ट क्लब सिन्धुलीलाई (४–१) गोलको अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी फाइनल पुगेको हो भने प्रतियोगिता सुरु भएको तेस्रो दिनमा भएको खेलमा चर्च व्वाईज यूनाईटेडले गोर्खा व्वाईजलाई (३–०) ले पराजित गर्दै फाइनलमा पुगेको थियो ।
प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसिसहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाण्डौ, गोर्खा व्वाइज स्पोर्टस क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी ८ टोलीको सहभागिता रहेको खेल संयोजक राम बहादुर मल्ले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैया र दोस्रो पुरस्कार ४ लाखसहित टूफी प्रदान गरिने रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिए । प्याराफिटमा १ सय रुपैया लाग्नेछ भने ग्राउण्डमा ५० रुपैया लाग्ने अध्यक्ष क्षेत्रीले बताए ।

सम्बन्धित समाचार