काेहलपुर क्षेत्रमा जथाभावी सवारी साधन राेक्न नपाइने

काेहलपुर
काेहलपुर नगरक्षेत्र भित्र जथाभावी सवारी साधन राेकेमा तुरुन्तै कारवाही गरिने भएकाे छ।
नयाँ बसपार्क व्यवस्थापन समितिले सञ्चालनका गरिएका ४३ बुँदे आचारसंहिता लागू नभएकाे भन्दै साेमवार सरोकारवाला निकायसँगको छलफलपछि उक्त सहमति भएकाे हाे। छलफलले ४३ बुँदे आचारसंहितालाई कडाईका साथ लागू गर्ने सहमति भएको बसपार्क व्यवस्थापन समितिका वीरेन्द्र कुमार शाहले जानकारी दिए।
उनले भने ” आचारसंहिता पालना नगर्नेलाई कानुनी दायरामा ल्याउने सहमति भएकाे छ।”
‘सुरुमा आचारसंहिता बनाएर हामीले बजारका विभिन्न ठाउँहरूमा राख्यौँ तर त्यसमा सरोकारवाला कसैले ध्यान नै दिएनन्,’ उनले भने, ‘त्यसैले हामी अब कडारूपमा प्रस्तुत हुन थालेका हौँ ।’
नयाँ बसपार्क व्यवस्थापन समितिले बसपार्क सञ्चालनका लागि लागू गरिएका ४३ बुँदे आचारसंहिता लागू नभएपछि यसलाई कार्यान्वयन गराउने विषयमा बस समिति,कर्मचारी ,जन प्रतिनिधि ,प्रहरी ,ट्राफिक प्रहरी,नगर प्रहरी लगाएत पक्षसंग छलफल भएकाे र सबै पक्षले आचारसंहिता कडाइका साथ लागू गर्नुपर्नेमा जाेड दिएकाे बागेश्वरी यातायात समितिका अध्यक्ष मन प्रसाद आचार्यले बताए ।
उनले नयाँ बसपार्कलाई व्यवस्थित रूपमा सञ्चालन गर्न र यात्रुको सुरक्षाका प्रबन्ध गर्न सबै पक्षको सहयाेग र समन्वय गर्नुपर्नेमा जाेड दिए। उनले भने -“नयाँ बसपार्क वरपर ५ सय मिटरको दूरीमा कुनै पनि यातायातका साधन पार्किङ गर्न नपाइने भन्ने सरकारको निर्णय लागू पूर्ण रुपमा लागू गर्ने सहमति भएकाे छ।”
कोहलपुर भएर चल्ने सम्पूर्ण सवारी साधन नयाँ बसपार्कभित्र प्रवेश अनिवार्य गर्ने सहमति भएको उनको भनाइ छ ।

त्यस्तै, इलाका प्रहरी कार्यालय कोहलपुुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले सार्वजनिक सवारी साधनलाई थप मर्यादित बनाउन र यात्रु सुरक्षाका लागि सबै पक्ष सक्रियताका साथ लाग्नु पर्नेमा जाेड दिए।उनले भने -” सबै मिलेर सचेतना बढाउन जरुरी छ।”

सम्बन्धित समाचार