एभिनियर एफसी क्यामरुनलाई हराउदै दुधौली स्पोर्टस् क्लब सेमिफाइनलमा

काेहलपुर

कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगितामा दुधौली स्पोर्टस् क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

फाेटाे- संजय मंडल

आज भएकाे प्रतियोगितामा एभिनियर एफसी क्यामरुनलाई हराउदै दुधौली स्पोर्टस् क्लब सेमिफाइनलमा प्रवेश गरेकाे हाे।

आइतबार भएको खेलमा निर्धारित समय अवधिभर गोलरहित भएपछि पेनाल्टी सुटआउटमा एभिनियर एफसी क्यामरुनलाई हराउदै दुधौली स्पोर्टस् क्लब सेमिफाइनलमा प्रवेश गरेकाे हाे । पेनाल्टीमा दुधौलीले ७ गाेल र एभिनियर एफसी क्यामरुनले ६ गाेल गरेका थिए।

कोहलपुर रेसिङ सहारा क्लबको आयोजनामा कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित १३ बिघा मैदानमा जारी प्रतियोगिताको फाइनल खेल कात्तिक २२ गते हुनेछ । आइतबारको खेलमा म्यान अफ द म्याच दुधौली स्पोर्ट्स क्लबका लोकेश चौधरी भएका छन । सोमबार त्रिभुवन आर्मी क्लब र दुधौली स्पोर्टस क्लबबिच सेमिफाइनल खेल हुने खेल संयोजक राम बहादुर मल्लले जानकारी गराएका छन।

सम्बन्धित समाचार