घाइतेकाे उपचारका लागि तयारी अवस्थामा छाै- बाँकेका प्र.जि.अ.पाेखरेल
बिनाेद भट्टराई
बाँके,गएराति गएकाे भुकम्पबाट गंभिर घाईते भएकाहरुको उपचारको बाँकेका ठुला अस्पतालहरु तयारी अवस्थामा राखिएको छ।

घाइतेलाई उपचारका लागि नेपालगंज ल्याईने संभावनालाई आंकलन गरेर भेरी अस्पताललाई बेड , चिकित्सक , नर्सिङ स्टाफ , औषधि , एम्बुलेन्स लगायतको संपूर्ण बन्दोबस्तिका साथ तयारी अवस्थामा राखेकाे प्रमुख जिल्ला अधिकारी
श्रवण कुमार पोखरेले जानकारी दिनुभयाे।
बिहान ३.२१ जाजरकोटका प्रमुख जिल्ला अधिकारीसंग संवाद गरि गंभिर घाईतेको उद्वार गर्दै एम्बुलेन्सबाट नेपालगन्ज पठाईने तयारी भैरहेकोले भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई आवस्यक बेड , चिकित्सक , नर्सिङ स्टाफ,औषधि लगायतका बन्दोबस्ती दुरुस्त अवस्थामा राख्न तत्कालै निर्देशन दिइसकिएको प्र जि अ पाेखरेलले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी पाेखरेलका अनुसार घाइतेकाे उपचारकाे लागि भेरी अस्पताल ,सैनिक र प्रहरी अस्पतालमा गरी १ सय ५ वटा बेड खालि गरिएकाे छ। प्रहरी र सेनालाई घाइतेलाई अस्पताल सम्म पुर्याएर उपचार गरायने प्रबन्धका लागि तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी पाेखरेल बताउनुभयाे । विरामीलाई आवश्यक रगतकाे ब्यवस्था गर्नका लागि प्रहरीलाई रक्तदानका लागि तयारी अवस्थामा राखिएकाे छ।
घाइतेकाे उपचारमा सहयाेगका लागि नरेश श्रेस्ठ (9851143666 ) लाई फाेकल पर्सन ताेकेकाे प्रमुख जिल्ला अधिकारी पाेखरेलले बताउनु भयाे ।
“उपचारकाे लागि कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखेका छौ” प्रमुख जिल्ला अधिकारी पाेखरेलले भन्नुभयाे।
शुक्रवार राती ११.४७ बजे जाजरकोट जिल्लाको रामी डांडा केन्द्र बिन्दु भएर गएको ६.४ रेक्टरको भुकम्पबाट जाजरकोट र रुकुम पस्चिममा ठूलो मात्रामा धन जनको क्षती भएको र सयाै मानिसहरु घाइते भएका छन।




