भुकम्पमा परि जाजरकाेटमा उप प्रमुख सहित ३७ जनाकाे मृत्यु
मानवीय क्षति अझ बढ्न सक्ने
जाजरकाेट— भुकम्पमा परी नलगाड नगरपालिकाकी उप प्रमुख सरिता सिंह सहित जाजरकोटमा मात्र हालसम्म ३७ जनाकाे मृत्यु भएकाे छ।
प्रहरीका अनुसार जाजरकोटमा भेरी नगर पालिकामा ३० जना,नलगाड नगर पालिकामा ६ जना,छेडागाड नगरपालिकनमा १ गरि ३७ काे मृत्यु भएकाे छ।अहिलेसम्म ४७ जना घाइते भएकाे प्रहरीले जानाएकाे छ।
जाजरकाेटका अन्य पालिकाबाट विवरण आउन बाँकी रहेकाले थप मानविय क्षति हुनसक्ने प्रहरीकाे आकलन छ।
रूकुम पश्चिमका डिएसपी नमराज भट्टराईका अनुसार रुकुममा मात्र हालसम्म २८ जनाकाे मृत्यु भएकाे प्रारम्भिक जानकारी छ।




