शनिवार एमाले बाँकेले चियापान गर्ने
नेपालगन्ज, १६ कार्तिक
नेकपा एमाले बाँकेले कात्र्तिक १८ गते चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । बिभिन्न चाडपर्वको अवसर पारेर पासाङल्हामु रोड स्थित पार्टी कार्यालयमा दिउँसो १ बजे चियापान कार्यक्रम गर्न लागिएको एमाले बाँकेका अध्यक्ष किस्मत कक्षपतिले जानकारी दिए ।
नेकपा एमाले लुम्बिनी प्रदेश इन्चार्ज तथा पूर्वमन्त्री पदमा आर्यालको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा भव्य र शब्यरुपमा सम्पन्न गर्नका निम्ति एमाले बाँकेले तयारी गरिरहेको छ । कार्यक्रमले आपसी सदभाव र एकता कायम गर्न सहयोग पुग्ने अध्यक्ष कक्षपतिले बताए ।
बडा दशैं, तिहार, नेपाल संवद, छठ पर्व, नेपाल सम्वत्, मोहम्मद डेलगायतका चाड पर्वको अवसरमा एमालले दशैं र तिहारको वीचमा चियापान गर्ने परम्परा रहेको एमाले बाँकेका उपाध्यक्ष डिल्ली बिसीले बताए । उपाध्यक्ष बिसीले उक्त अवसरमा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न भ्रातृ संगठनक प्रमुखहरु, नेता, कार्यकर्ता, प्रहरी प्रशासन, कर्मचारी, शिक्षक लगायतलाई चियापान कार्यक्रममा सहभागिताको लागि आव्हान गरिएको छ ।




