काेहलपुर गाेल्डकप- सुदुरपश्चिम ११ लाई हराउदै गोर्खा व्वाईज विजयी

बिनाेद भट्टराई
१६ कार्तिक, कोहलपुर । बाँकेको कोहलपुरमा हिजाेदेखि शुरु भएकाे मुख्यमन्त्री कोहलपुर गोल्ड कप प्रतियोगिता आज भएकाे खेलमा गोर्खा व्वाईज स्पोर्ट क्लब बुटवलले जित हात पारेकाे
छ।
गोर्खा व्वाईज स्पोर्ट क्लब बुटवल र सुदरपश्चिम ११ स्पोर्ट क्लब धनगढी विच भएकाे खेलमा १-० गाेलकाे अन्तरले गोर्खा व्वाईज स्पोर्ट क्लब विजयी भएकाे हाे।
खेल शुरु भएकाे ४५ ओै मिनेटमा गाेर्खा व्वाइजका जर्सी न ७ का शक्ति राईले हानेकाे गाेलनै निर्णायक भयाे।
दिउसाेकाे ३:३० बजेबाट सुरु खेलमा गाेर्खा व्वाइजले शुरुदेखिनै सुदुरपश्चिम ११ लाई दवावमा राखेकाे थियाे । उक्त खेलमा गाेर्खा व्वाइजका सहदेव के सी म्यान अफ द म्याच घाेषित भएका थिए ।

फाेटाे- संजय मंडल

प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसिसहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाडौँ, गोर्खा व्वाइज स्पोर्टस क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई आठ लाख रुपियाँ र दोस्रो पुरस्कार चार लाखसहित ट्रफी प्रदान गरिनेछ । फुटबल अवलोकनका लागि अस्थायी प्यारापिट र पर्खाल निर्माण गरिएको छ । खेल अवलोकन गर्ने दर्शकका लागि आयोजकले यसपटक भने टिकट ब्यवस्था गरिएको छ । खेल कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ

सम्बन्धित समाचार