एपिएफ स्कुल काेहलपुरमा छात्रावास भवनकाे शिलान्यास
काेहलपुर-नेपाल एपिएफ स्कुल कोहलपुरको हाताभित्र छात्रावास भवनको शिलान्यास गरिएको छ।

मंगलबार सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अभिकुमार खत्रीको प्रमुख आतिथ्यतामा छात्रावास भवनको शिलान्यास गरिएको हो। विद्यालय कक्षा ८ सम्म संचालित छ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलगायत अन्य पदाधिकारी, कोहलपुर नगरपालिका शिक्षा शाखाका प्रमुख, विभिन्न गणका गणपति, विद्यालयका प्रधानाचार्य, शिक्षक–शिक्षिका, सशस्त्र प्रहरी कर्मचारीसहित विद्यार्थीको सहभागिता रहेको थियो।




