मुख्यमन्त्री कोहलपुर गोल्डकपको तयारी पुरा,मुख्यमन्त्रीद्वारा भाेलि उद्घाटन हुने

 

१४ कार्तिक, कोहलपुर । बाँकेको कोहलपुरमा संचालन हुन गईरहेको मुख्यमन्त्रि कोहलपुर गोल्ड कपको सम्पुर्ण तयारी पुरा भएको छ ।

भाेली कार्तिक १५ गते देखि २२ गते सम्म काेहलपुरकाे तेह्र विगाह मैदानमा संचालन हुने मुख्यमन्त्रि कोहलपुर गोल्डको तयारी पुरा भएको आयोजक रेसिङ्ग सहारा क्लव कोहलपुरले जनाएकाे छ।

कोहलपुर गोल्ड कपकामा दर्शक ब्यबस्थापनका लागि ३ हजार दर्शक अटाउने क्षमताको अस्थाई प्याराफिड काे निर्माण कार्य सम्पन्न भएकाे छ भने ज्येष्ठ नागरिक र अपाड्गता भएमा ब्यक्तिलाई बस्ने ब्यवस्था मिलाइएकाे आयाेजक रेसिङ्ग साहारा क्लबका सचिव नव किरण शाहले जानकारी दिनुभयाे। खेल मैदानमा दुई वटा मुख्य प्रबेशद्वार र दुई वटा आपतकालिन द्धारको निर्माण कार्य सम्पन्न भएको छ ।

उद्घाटन समारोह पश्चात हुने उद्घाटन खेल आयोजक क्लव कोहलपुर रेसिङ्ग सहारा क्लव कोहलपुर र चर्च ब्वाईज युनाईटेड काठमाडौं बिच दिउँसोे २ बजे हुनेछ । नकआउट चरण अन्तर्गत खेलिने खेलमा बिजेता टिमले आठ लाख रुपैया नगद सहित मेडल र उपबिजेता टिमले ४ लाख नगद सहित मेडल पाउने छन ।
मुख्यमन्त्रि कोहलपुर गोल्ड कपमा आयोजक कोहलपुर रेसिङ्ग सहारा क्लव बाँके, चर्च ब्वाईज युनाईटेड काठमाडौं, गोखा ब्वाईज स्पोट्स क्लव बुटवल, सुदुरपश्चिम ११ स्पोट्स क्लव धनगढि, त्रिभुवन आर्मी क्लव काठमाडौं, बि.एफ.सि. चितवन क्लव चितवन, एभिनियर एफ.सि क्यामरुन र दधौली स्पोट्स क्लव सिन्धुली सहित जम्मा ८ टिम सहभागि हुनेछन् ।

 


ताजा समाचार