तीज पर्व सुरु, आज दर खाने दिन
काेहलपुर,हरितालिका तीज आजबाट प्ररम्भ भएको छ ।
चार दिने तीज पर्वको पहिलो दिन आज दर खाइन्छ । तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ ।
तीजमा माइतीले छोरीचेलीलाई घरमा बोलाएर मीठामीठा परिकार खुवाउने चलन रहदै आएकाे छ।
दरमा खिर, ढकने वा सेलरोटी, केरा आदि अथवा ठाउँअनुसार विभिन्न मिठामिठा परिकार खाने गरिन्छ।
सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन छ। भोलिपल्ट दिनभर पानीसम्म नपिई निराहार बस्नुपर्ने भएकोले दर खाने दिन राति ढिलासम्म बसेर पौष्टिक तत्व भएका खानेकुरा खाने प्रचलन बसेको हो।
परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ ।