पत्रकार महासंघ बाँकेको शुद्धीकरण गैरकानुनी भएको भन्दै सङ्घर्ष समिति गठन

 

नेपालगन्ज – नेपाल पत्रकार महासंघ बाँकेले केन्द्रको निर्देशन बमोजिम गरिएको पत्रकार शुद्धीकरण सिफारिस गैरकानुनी, राजनीतिक पुर्वाग्रही, नियमविपरीत भएको भन्दै आज भएको पत्रकारहरुको भेलाले ७ सदस्यीय सङ्घर्ष समिति गठन गरेको छ ।

शुक्रबार भएको अग्रज पत्रकारहरुको भेलाले नेपाल पत्रकार महासंघ बाँकेले प्रदेश कमिटीलाई गरेको पत्रकार शुद्धीकरण पुर्वाग्रही ढङ्गले गरेको, उस्तै प्रकृतिका पत्रकारहरु कसैलाई सिफारिस गरेको, कसैलाई नगरेको, एकपटक पनि सम्बन्धित पत्रकारलाई नसोधी सिफारिस गरेकोमा भेलाले घोर आपत्ति जनाएको छ ।

आज भएको भेलाले ७ सदस्यीय गैरकानुनी सदस्यता शुद्धीकरण विरुद्ध सङ्घर्ष समिति गठन गरेको छ । जसमा नेपाल पत्रकार महासंघ बाँकेका निवर्तमान सहसचिव शकिल अहमद कादरीको संयोजकमा सदस्यहरु, अजय कुमार गुप्त, नमस्कार शाह, केपी घिमिरे, दिपेन्द्र धिताल, हेमराज भट्ट, जि एम यादव रहेका छन् । उक्त समितिले आन्दोलनका कार्यक्रम देखि कानुनी प्रक्रिया समेतको सम्पूर्ण गतिविधि गर्ने संयोजक कादरीले बताए ।
हेर्नुहोस् विज्ञप्ति

 

सम्बन्धित समाचार