ज्ञान ज्याेति मा.वि. बगियामा ” विद्यार्थीसंग मेयर” कार्यक्रम

काेहलपुर
बाँकेकाे काेहलपुरमा रहेकाे ज्ञानज्याेति माध्यमिक विद्यालय बगियामा बालबालिकाले नगरप्रमुखसँग प्रश्न गर्ने कार्यक्रम चलिरहेको थियो । ज्ञानज्याेति माध्यमिक विद्यालयले आयोजना गरेको ‘ विद्यार्थी संग मेयर ’ कार्यक्रममा सहभागी उक्त विद्यालयमा कक्षा १० मा अध्ययनरत रुविना खत्रीले प्रश्न गरिन्, ‘ हामीले अहिले पनि शुद्ध पानी पाएका छैनम,हामीले कहिले शुद्ध खानेपानी खान पाउने?’


कक्षा ८ मा अध्ययनरत साेमराज बुढाकाे प्रश्न गरे -” माध्यमिक तहसम्म निशुल्क भनेपनि फिस तिरिरनु पर्छ,कहिले मा वि तहमा निशुल्क पढन पाउने?”
अध्ययनरत उर्मिला खत्रीे प्रयोगशाला, शौचालय, खानेपानी, प्रथामिक उपचार, खेलकुद सामग्री र स्थानिय पाठ्यक्रमको अभावको बारेमा मेयरलाई जानकारी गराएका थिए ।
यसरी ज्ञान ज्याति माध्यमिक विद्यालयका विद्यार्थी हरुले नगर प्रमुख पुर्ण प्रसाद आचार्यलाई प्रश्न गरे भने नगर प्रमुख आचार्यले सकेसम्म प्रश्नकाे उत्तर दिने प्रयास गरे।


ज्ञानज्याेति माध्यमिक विद्यालय बगियाले आयाेजना गरेकाे “विद्यार्थीसंग मेयर” कार्यक्रममा विद्यार्थीले साेधेका प्रश्नहरुकाे उत्तर दिदै नगर प्रमुख आचार्यले विद्यार्थीका समस्या नै मुल एजेण्डा रहेको बताए । काेहलपुरमा शिक्षालाई थप उत्कृष्ट बनाउन लागिपरेकाे नगर प्रमुख आचार्यकाे भनाई थियाे।
यस्तै कक्षा ९ मा अध्ययनरत अपाङ्गगता भएका विद्यार्थी सुशान्त थारुले ह्वलचियर नभएका कारणले विद्यालयसम्म आउन समस्या भएको बताएका थिए ।
यस्तै अर्का विद्यार्थी सुरेश विष्टले डेक्स बेन्च नभएकै कारणले कोचाकोच गरी अध्ययन गर्न निकै समस्या भएको र डिजिटल प्रणालीद्धारा अध्ययन गरिनुपर्ने लगायतका समस्या मेयरसंग दर्शाएका थिए ।
यस्तै अर्की विद्यार्थी पुजा बुढाले लागूऔषध दुव्र्यसनी, विद्यालय वरिपरी धुम्रपान र मध्यपान विक्रिवितरणमा रोक लगाउनुपर्ने जस्ता जटिल समस्या उजागरण गरेकी थिइन् ।
जवाफ दिँदै नगर प्रमुख आचार्यले ५० प्रतिशत समस्या विद्यालयको प्रअ र विव्यसबाट नै समाधान हुने बताएका छन् ।
विद्यालयमा शौचालय, खानेपानी, खेलकुद सामग्री उपलब्ध गराउन भनी बजेट विनियोजन भएकै हुन्छ, त्यसको उचित व्यवस्थापन र सदुपयोग कसरी गर्ने भन्ने प्रअ र विव्यस नै जिम्मेवारी हुने आचार्यले बताए ।
आचार्यले प्राथमिक स्वास्थ्य उपचार गर्न प्राथमिक उपचार केन्द्र र शहरी स्वास्थ्य उपचार केन्द्र रहेको र सोही केन्द्रबाट नै विद्यालयमा स्वास्थ्य सेवा दिने गरी व्यवस्था मिलाउने बताए ।
अन्य थप समस्याको समाधानको लागि बजेटको व्यवस्थापन भइसकेको र त्यसको समस्या केही महिनामा नै समाधान हुने नगर प्रमुख आचार्यले बताए ।
आचार्यका अनुसार विकासका योजना बनाउँदा भुईमान्छेका विचार, समस्या बुझ्नुपर्छ भने शैक्षिक हव बनाउन विद्यार्थीका समस्या बुझ्नुपर्छ ।
कोहलपुरका सामुदायिक हरेक विद्यालयहरुमा सिसिटिभि क्यामरा राख्ने र त्यसको निगरानी नगरपालिकाबाट हुने योजना अगाडि सारेको नगर प्रमुख आचार्यले बताए ।
यस्तै कार्यक्रममा बोल्दै उप प्रमुख संगिता सुवेदीले शैक्षिक हव बनाउन नगरपालिका एकजुट भएर लाग्न सबैलाई आग्रह गरिन् ।
बालबालिकाहरुले गुणस्तरीय र प्रभावकारी शिक्षा कसरी लिन सकिन्छ ? भन्ने विषयमा चासो दिनुपर्ने उपप्रमुख सुवेदीले बताएकी थिइन् ।
विद्यालयका प्र अ गाेविन्द प्रसाद ढकालले विद्यालय गुणस्तरीय शिक्षा विशेष ध्यान दिएकाे बताए।
कार्यक्रममा बोल्दै विद्यालयका व्यवस्थापन समिति अध्यक्ष देविलाल बोहराले बालबालिकाको समस्या समाधानको लागि हरेक क्षेत्रमा फाइल तयार पार्दै मन्त्रालयमा बुझाएको बताए ।
प्रयोगशाला, कम्प्यूटर ल्याब, खानेपानी, शौचालय बनाउने जस्ता महत्वपूर्ण योजनाहरु मन्त्रालयमा पेश गरिसकेकाे र सबैबाट सहयोगकाे अपेक्षा गरेकाे अध्यक्ष बाेहाेराकाे भनाई थियाे।
विद्यालय व्यवस्थापन समिति, प्रअ, शिक्षकहरुले गरिरहेका गतिविधि र बालबालिकाका समस्याका बारेमा जानकारी लिई समाधान गर्ने योजना सहित ‘विद्यार्थीसंग मेयर कार्यक्रम’ सञ्चालन गरिएको विद्यालयका प्र अ ढकालले बताए।

सम्बन्धित समाचार